Like us!
Follow us!
Connect us!
Watch us!

कास्की २ मा एमालेका अधिकारी

शनिबार, २३ मंसिर २०७४, २० : १९ मा प्रकाशित

कास्की २ मा एमालेका अधिकारी

अर्थ संसार, पोखरा– कास्की क्षेत्र नं २ मा वाम गठबन्धनबाट नेकपा (एमाले) का रवीन्द्र अधिकारी २७ हजार २०७ मतसहित विजयी बन्नुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवराज चालिसेले १८ हजार ६६१ मत प्राप्त गर्नुभयो । जम्मा ७० हजार ६५१ मतदाता रहेको यो क्षेत्रमा ५० हजार १ मत खसेको थियो । नेता अधिकारीको यो विजय तेस्रोपटक हो ।

उहाँले २०६४ मा माओवादी नेता झलकपाणि तिवारीलाई पराजित गर्नुभएको थियो भने दोस्रोपटक २०७० मा काँग्रेस नेता शोभियतबहादुर अधिकारीलाई पराजित गर्नुभएको थियो ।

विजयी भएसँगै नेता अधिकारीले आफूलाई मत दिने सबै मतदाताप्रति आभार प्रकट गर्दै अबको पाँच वर्ष समृद्धि र विकासलाई प्राथमिकतामा राखी काम गर्ने उल्लेख गर्नुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको