Like us!
Follow us!
Connect us!
Watch us!

मतदान गरेर फर्कदै गर्दा वृद्धको मृत्यु

विहीबार, २१ मंसिर २०७४, १२ : ३० मा प्रकाशित

मतदान गरेर फर्कदै गर्दा वृद्धको मृत्यु

अर्थ संसार, पाल्पा, रामपुर– पाल्पा रामपुर नगरपालिका–६ को दरैठाटी मतदान केन्द्रबाट मतदान गरेलगत्तै बिहान ११ः३० बजे एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामपुर नगरपालिका–६ का ८० वर्षीय झुलबहादुर कुमाल रहेको सोही वडाका वडाध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिनुभयो ।

दमको रोगी रहेको कुमालले छोराको सहाराले मतदान गर्नुभएको थियो । मतदानगरेलगत्तै घर फर्कने क्रममा मतदान केन्द्र नजिकै उहाँको मृत्यु भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको