Like us!
Follow us!
Connect us!
Watch us!

गोरखामा यसरी हुँदैछ मतगणना

बुधबार, २० मंसिर २०७४, १७ : ३१ मा प्रकाशित

गोरखामा यसरी हुँदैछ मतगणना

अर्थ संसार, गोरखा– पहिलो चरणमा निर्वाचन सम्पन्न भएका ३२ जिल्ला मध्ये गोरखा जिल्ला राष्ट्रिय स्तरमा रहेर राजनीति गर्दै आएका पूर्व प्रधानमन्त्री र पूर्व उपप्रधानमन्त्री दुई पात्रका कारण पनि गोरखाको निर्वाचन चर्चामा रह्यो ।

२८२ मतदान केन्द्रबाट ल्याएका मतपेटिकाहरु र सिलबन्दी गरिएको ढोका यतिबेला सिसि क्यामेरको निगरानीमा रहेको छ ।

जिल्लामा आज भएको सर्वदलिय र सर्वपक्षीय छलफलमा विहीबार साझ पाँच बजेबाट सुरु हुने मतगणना स्थललाई पनि गणना अवधिभर सिसी क्यामेराको निगरानीमा राखिने मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट यसको निगरानी हुने उनले बताए । गोरखा निर्वाचन क्षेत्र नं। १ को मतगणना जिल्ला अदालतमा र निर्वाचन क्षेत्र नं। २ को मतगणना जिल्ला समन्वय समितिको भवनमा  गरिने भएको छ ।

प्रत्येक घण्टामा बाहिर रहेका सर्वसाधरणहरुलाई माइक तीनतिर फर्काई जिल्ला समन्वय समिति चोकबाट जानकारी गराइने र जिल्ला प्रशासन कार्यलयको सभाहलमा मिडिया सेन्टरको व्यवस्थापन गरिने पौडेलले बताए ।

मतगणना गर्दा अलग अलग केन्द्रको मतपेटिका मिसाएर गर्ने निर्णय भएको छ । भएका सहमति भन्दा बाहिर कुनै समस्या परेमा दलिय सहमति कायम गरी मतगणनालाई अगाडि बढाउने गरी निर्णय समेत भएको  छ ।

दुईवटा निर्वाचन क्षेत्र रहेको गोरखामा दुवै क्षेत्र र प्रदेशमा बामगठबन्धन र लोकतान्त्रिक गठबन्धनबाट मुख्य प्रतिपष्र्धा रहको अनुमान  छ । उम्मेदवारहरु आफूले जित्नेमा ढुक्क रहेको बताउँदै आएका छन् ।

बदर र सदर मतपत्रका बारेमा दलहरुलाई मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, दलका नेता तथा प्रतिनिधिहरु, पत्रकार लगायत वीच छलफल भई मार्कर बोर्डको प्रयोग गरी श्रव्यदृश्य शिक्षण समेत भएको थियो ।

जिल्ला प्रशासन कार्यलय गोरखाको सभाहलमा भएको छलफलमा सरोकारवाला निकायको सघन उपस्थिति रहेको थियो ।

दलका नेताहरु आफूले जित्ने दावी सहित गणितमा कमजोर हुनेको मत कम आउने भन्दै व्यङ्ग्य समेत गरेका थिए ।  अघिल्ला निर्वाचनमा दलका उम्मेदवारहरु वीच बोलचाल नै नहुने स्थिति भएपनि यसपटकको निर्वाचनमा दलका नेता तथा कार्यकर्ता र उम्मेदवारहरु वीच सामिप्यताले झनै गोरखाको निर्वाचनलाई थप रोचक बनाएको कतिपयको भनाई छ ।

अधिकाँशको ध्यानाकर्षण भने गोरखा निर्वाचन क्षेत्र नं। २ मा रहँदै आएको छ । स्थानीय तहको मतका आधारमा आ–आफ्नो आधार मानेका क्षेत्रबाट अधिक मत खस्ने अपेक्षा गरेका दलहरु निर्वाचन पछि भने उत्साहित हुन सकेका छैनन् । जे छ बाकसमा छ भन्दै गणनापछि पत्ता लाग्ने बाम र लोकतान्त्रिक गठबन्धनका नेताहरु बताउँछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको