Like us!
Follow us!
Connect us!
Watch us!

कतारी राजाको नेपाल भ्रमण: हात्ती उपहारबाहेक ६ वटा सम्झौतामा हस्ताक्षर हुने

अर्थ संसार

बुधबार, १२ बैशाख २०८१, १० : २३ मा प्रकाशित

कतारी राजाको नेपाल भ्रमण: हात्ती उपहारबाहेक ६ वटा सम्झौतामा हस्ताक्षर हुने

कतारसँग विभिन्न ६ वटा एमओयुमा हस्ताक्षर हुने भएको छ ।

कतारका राजा शेख तमिम बिन हमाद अल थानी बसेकै होटल सोल्टीमा द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 
परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार कतारसँग ६ वटा एमओयुमा हस्ताक्षर हुनेछ   । 

नेपाल र कतारको सरकारी समाचार एजेन्सी, महान्याधिवक्ताको कार्यालय र इन्स्टिच्युट अफ फरेन अफेयर्ससँग सम्बन्धित विषयमा तालिम र सहयोग आदान प्रदान सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने कार्यसूची छ ।

यसैगरी शिक्षा र संस्कृति आदान प्रदानसँग सम्बन्धित विषयमा पनि हस्ताक्षर हुनेछ ।

अन्तर्राष्ट्रिय कानुनको प्रक्रिया पूरा गर्न बाँकी भएकाले हात्ती उपहार दिने सम्झौता भने आज नहुने भएको छ ।

अन्तर्राष्ट्रिय सन्धि (साइटिस) को प्रक्रिया दुवै पक्षबाट पूरा गर्न बाँकी भएकाले आज सम्झौतामा हस्ताक्षर गर्न नमिल्ने भएको हो ।

यद्यपी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हात्ती उपहार दिने घोषणा आजै गर्नेछन् । नेपालले कतारलाई एक जोडी हात्ती उपहार पठाउन लागेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि कतारका राजा भ्रमण दलका सदस्यहरुसहित मंगलबार काठमाडौं आएका थिए । उनले मंगलबार साँझ नै राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुका साथै शितल निवासमा आयोजित रात्रिभोजमा सहभागी पनि भएका थिए ।

कतारका राजा पहिलोपटक नेपाल भ्रमणमा आएको अवसरमा सरकारले मंगलबार देशभर सार्वजनिक बिदा दिएको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको