Like us!
Follow us!
Connect us!
Watch us!

ड्रिम इन्टरनेसनल होटलले आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

अर्थ संसार

विहीबार, ०६ बैशाख २०८१, १६ : ३३ मा प्रकाशित

ड्रिम इन्टरनेसनल होटलले आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले पब्लिकका लागि आईपीओ जारी गर्ने भएको छ ।

होटल र मुक्तिनाथ क्यापिटलबीच आइपिओ जारी गर्न यही अप्रिल ५ मा सम्झौता भएको थियो । सम्झौता अनुसार कम्पनीको आइपिओको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त भएको हो । होटलको तर्फबाट अध्यक्ष गोपाल राना र मुक्तिनाथ क्यापिटलको तर्फबाट सिइओ कविन्द्र ध्वज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

पर्यटन उद्योगमा फरक पहिचान बनाएको ड्रिम ग्रुप अन्तर्गतको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारणलाई समेत पर्यटन उद्योगमा जोड्ने लक्ष्यसहित सार्वजनिक शेयर निष्काशन प्रक्रिया अगाडी बढाईएको होटलका अध्यक्ष गोपाल रानाले जानकारी दिए ।

बुटवलमा रहेको ड्रिम इन्टरनेशनलले आइपिओ निष्कासन पछि देशका अन्य पर्यटकीय शहरहरुमा पनि व्यवसाय विस्तार गर्ने योजना बनाएको छ । होटलका अध्यक्ष रानाले ड्रिम इन्टरनेशनलको सहलगानीमा देशका ७ वटै प्रदेश तथा पर्यटकीय गन्तव्यहरुमा होटल स्थापना गर्ने योजना रहेको बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको