Like us!
Follow us!
Connect us!
Watch us!

सिउरी न्यादी पावरले निष्कासन गर्ने सेयरको प्रत्याभूति नागरिक लगानी कोषले गर्ने

अर्थ संसार

विहीबार, ०६ बैशाख २०८१, १६ : ०६ मा प्रकाशित

सिउरी न्यादी पावरले निष्कासन गर्ने सेयरको प्रत्याभूति नागरिक लगानी कोषले गर्ने

नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ।

सिउरी न्यादीले निष्कासन गर्न लागेको सेयरको कोषले प्रत्याभूति गर्नेसम्बन्धी सम्झौता बिहीबार भएको हो। सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र न्यादी पावरको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाईंले हस्ताक्षर गरेका छन्।

सिउरी न्यादी पावरले प्रतिकिता १०० रुपैयाँको दरले ३ करोड ३ लाख ६० हजार ७८४ कित्ता सेयर निष्कासन गर्दैछ । उक्त सेयरको ३ अर्ब ३ करोड ६० लाख ७८ हजार ४ सय रुपैयाँ बराबरको सेयर प्रत्याभूति कोषले गर्ने भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको