Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकको संस्थापक समूहतर्फको सेयर बिक्रीमा

अर्थ संसार

विहीबार, ०६ बैशाख २०८१, १० : ३७ मा प्रकाशित

ज्योति विकास बैंकको संस्थापक समूहतर्फको सेयर बिक्रीमा

ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले बिहीबार एक सूचना जारी गरी संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको जनाएको हो ।

यस सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् ।

उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र आवश्यक कागजात सहित बैंकको केन्द्रीय कार्यालय, कमलपोखरी–काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको