Like us!
Follow us!
Connect us!
Watch us!

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

विहीबार, ०६ बैशाख २०८१, १० : ०० मा प्रकाशित

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

प्रभु र सूर्यज्योति लाइफ इन्स्योरेन्सको आव २०७९/८० को घोषित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ वैशाख ७ गते बुकक्लोज गर्दैछ । अर्थात आज वैशाख ६ गतेसम्म कारोबार भई कायम रहेका सेयरधनीले मात्र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न तथा कम्पनीको साधारण सभामा सहभागिता हुन पाउनेछन् ।

प्रभु इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बराबर बोनस शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आगामी वैशाख २० गतेका लागि वार्षिक साधारणसभाको मिति तय गरेको छ ।

यसैगरी सूर्यज्योति लाइफ इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको १०.२६ प्रतिशत बराबर बोनस शेयर र कर प्रयोजनका लागिसमेत गरि २४.७४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आगामी वैशाख २१ गतेका लागि वार्षिक साधारणसभाको मिति तय गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको