Like us!
Follow us!
Connect us!
Watch us!

जीबी राईलाई पक्राउ गरी सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र

अर्थ संसार

बुधबार, ०५ बैशाख २०८१, १३ : ११ मा प्रकाशित

जीबी राईलाई पक्राउ गरी सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईलाई पक्राउ गरेर नेपाल पठाइदिन परराष्ट्र मन्त्रालयले मलेसियन सरकारलाई पत्राचार गरेको छ । राई मलेसियामा रहेको अनुमान गरिएको छ ।

प्रहरी प्रधान कार्यालय तथा गृह मन्त्रालय को अनुरोधमा परराष्ट्र मन्त्रालयले मलेसिया सरकारलाई ‘कूटनीतिक नोट’ पठाएको हो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मलेसियामा लुकेर बसेका राईलाई पक्राउ गरेर ‘सुपुर्दगी गर्न’(जीम्मा लगाउन) कूटनीतिक पत्रमार्फत अनुरोध गरिएको हो । 

उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’बाट  रेड नोटिस जारी भएको छ ।

यसअघि १३ माघमा उनीविरुद्ध डिफ्युजन नोटिस जारी भएको थियो । पोखरास्थित सूर्यदर्शन सहकारीको निक्षेप अपचलन गरेको कसुरमा डिफ्युजन नोटिसको आधारमा उनी मलेसियामा ‘लोकेट’ भएका हुन् । रेड नोटिस जारी भएसँगै इन्टरपोलमा आबद्ध प्रहरी सङ्गठनलाई अपराधी छिटो ‘डिपोर्ट’ गरिदिने दायित्व बढी हुन्छ । रेड नोटिस जारी गर्न आवश्यक कागजात प्रहरीले जिल्ला अदालत कास्कीबाट प्रमाणित गराएर इन्टरपोलमा पठाएको थियो ।

सूर्य दर्शन सहकारीका वर्तमान अध्यक्ष बाग्लुङ घर भएका थान बहादुर बुढामगर, ओखलढुङ्गा घर भएका पूर्व अध्यक्ष भूपेन्द्र राई र पूर्व सदस्य शिव बहादुर गुरुङ विरुद्ध पनि डिफ्युजन नोटिस जारी भएको छ । जीबीविरुद्ध सुप्रिम सहकारी ठगीमा पनि रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर भएको छ
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको