Like us!
Follow us!
Connect us!
Watch us!

लगातार बढेको सुनको मूल्य आज स्थिर, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

बुधबार, ०५ बैशाख २०८१, ११ : ५२ मा प्रकाशित

लगातार बढेको सुनको मूल्य आज स्थिर, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३९ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। यो हालसम्मकै उच्च मूल्य हो। आज तेजाबी सुन भने प्रतितोला १ लाख ३८ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १ हजार ७ सय १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ७ सय ५० रूपैयाँमा कारोबार भएको थियो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको