Like us!
Follow us!
Connect us!
Watch us!

ब्याजदर कटौतीको फलस्वरूप चिनियाँ अर्थतन्त्रमा सुधार, कुल ग्राहस्थ उत्पादनमा ५.३ प्रतिशतको वृद्धि

अर्थ संसार

मंगलबार, ०४ बैशाख २०८१, १२ : ४६ मा प्रकाशित

ब्याजदर कटौतीको फलस्वरूप चिनियाँ अर्थतन्त्रमा सुधार, कुल ग्राहस्थ उत्पादनमा ५.३ प्रतिशतको वृद्धि

चिनियाँ अर्थतन्त्रले सन् २०२४ को पहिलो त्रैमाससम्म अनपेक्षित सुधार हासिल गरेको छ । अन्तर्राष्ट्रिय अर्थविद्हरुको प्रक्षेपणलाई पछि छोड्दै चीनको कुल ग्राहस्थ उत्पादनमा ५.३ प्रतिशतको वृद्धि भएको हो ।

त्यहाँ राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार औद्योगिक उत्पादनमा पनि अघिल्लो वर्षको यसै त्रैमाससम्मको तुलनामा ६.१ प्रतिशतको वृद्धि भएको छ । यस वृद्धिदरका पछाडि हाइ टेक उत्पादनमा भएको उल्लेखनीय वृद्धिको हात रहेको जानकारहरु बताउँदछन् । थ्रीडि प्रिन्टिङ उपकरण, विद्युतीय सवारीको चार्जिङ स्टेसन, विद्युतीय उपकरण आदिको उत्पादनमा ४० प्रतिशतको वृद्धिदर भएको जनाइएको छ ।

चीनले २०२४ का लागि ५ प्रतिशतको आर्थिक वृद्धिदर प्रक्षेपण गरेको छ । पहिलो त्रैमासमा उत्साहजनक नतिजा देखिँदा उक्त लक्ष्य सजिलै प्राप्त हुने देखिएपनि चिनियाँ अर्थतन्त्रमा ओरालो लागेको रियलस्टेट सेक्टर, सिथिल व्यवसायिक वातावरण जस्ता समस्या देखिएको छ । त्यहाँको सेयरबजारमा पनि पछिल्लो समय ठूलो गिरावट आएको थियो । यस अवधिमा वैदेशिक लगानी पनि १० प्रतिशतले घटेको तथ्यांकले देखाएको छ ।

कर्जा विस्तार गर्न ब्याजदरमा गिरावट तथा केन्द्र सरकारको खर्च बढाउन पूर्वाधार विकासमा तीव्रता दिने जस्ता कार्यहरुमार्फत चीनले अर्थतन्त्रलाई लयमा फर्काउन प्रयास गरिरहेको छ । पछिल्लो तथ्यांकले खुद्रा व्यापारमा ४.७ प्रतिशतको वृद्धि, अचल सम्पत्तिमा लगानीमा ४.५ प्रतिशतको वृद्धि देखाएको छ । सन् २०२३ मा चीनको आर्थिक वृद्धिदर ५.२ प्रतिशत रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको