Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लघुवित्तको नगद लाभांश सेयरधनीको बैंक खातामा, बोनस जम्मा नभए के गर्ने ?

अर्थ संसार

मंगलबार, ०४ बैशाख २०८१, १० : ०८ मा प्रकाशित

नेशनल लघुवित्तको नगद लाभांश सेयरधनीको बैंक खातामा, बोनस जम्मा नभए के गर्ने ?

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले आव ०७९/८० को मुनाफाबाट घोषणा गरेको नगद लाभांश सेयरधनीको खातामा जम्मा गरिदिएको छ ।

सेयरधनीहरुको हितग्राही खातामा उल्लेख गरिएको बैंक खातामा चैत १६ गते साधारणसभाबाट पारित भएपछि लाभांश जम्मा गर्न थालिएको हो । बुक क्लोज मितिसम्ममा कायम रहेका शेयरधनीहरुको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांशबापतको रकम सोही खातामा नै जम्मा गरिने व्यवस्था गरिएको छ ।

डिम्याट खातामा बैंक खाताको विवरण त्रुटि भई खातामा लाभांश जम्मा नभएका सेयरधनीको विवरण कम्पनीको सेयर रजिष्ट्रार एनआइएमबि एस क्यापिटलमा राखिएको र आफ्नो निक्षेप सदस्यलाई सम्पर्क गरि विवरण सच्याउन पनि अनुरोध गरिएको छ । कम्पनीले ७.५ प्रतिशत नगद लाभांश र ७.५ प्रतिशत बोनस सेयर गरि कुल १५ प्रतिशत लाभांश घोषणा गरेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको