Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल वायुसेवा निगमद्धारा चैत्र मसान्तसम्मको जहाजको ऋण भुक्तानी

अर्थ संसार

सोमबार, ०३ बैशाख २०८१, १७ : ०६ मा प्रकाशित

नेपाल वायुसेवा निगमद्धारा चैत्र मसान्तसम्मको जहाजको ऋण भुक्तानी

नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र दुई वाइडबडि जहाजको चैत्र मसान्तसम्मको ऋण भुक्तानी गरेको छ ।

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारोबडि जहाजको २०८० चैत्र महिनाको किस्ताबापत पूरा र दुई वाइडबडि जहाजको आंशिक गरी मिति २०८० चैत्र ३० गते जम्मा ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ रुपैयाँ रकम भुक्तानी गरेको हो । निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात निगमले २०८० चैत्र सम्म ५ अर्ब ३६ करोड ६६ लाख ८६ हजार ९६८ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको छ ।

विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको ब्याजको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको संख्या वृद्दि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको र यस सम्बन्धमा छलफल भइरहेकोसमेत जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको