Like us!
Follow us!
Connect us!
Watch us!

पर्यटन बोर्डको उपाध्यक्षमा कमल सापकोटा नियुक्त

अर्थ संसार

सोमबार, ०३ बैशाख २०८१, १२ : ५२ मा प्रकाशित

पर्यटन बोर्डको उपाध्यक्षमा कमल सापकोटा नियुक्त

नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको उपाध्यक्षमा रामप्रसाद सापकोटा (कमल) चयन भएका छन्।

पर्यटन बोर्ड कार्यकारी समितिको सोमबार बसेको बैठकले बोर्ड सदस्य सापकोटालाई बोर्डको उपाध्यक्षमा नियुक्त गरेको हो। 

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सापकोटासहित राजेन्द्रबहादुर लामा, ऋषिराम भण्डारी गरी तीन जनालाई सदस्यमा मनोनयन गर्ने गरेको थियो । 

बोर्ड सदस्यको नियुक्तिसँगै माघ २२ देखि रिक्त रहेको बोर्डले पूर्णता पाएको छ। नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को व्यवस्था अनुसार बोर्डमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अध्यक्ष तथा मनोनित सदस्यहरुमध्येबाट बोर्डको सदस्यहरुले छानेको एक जना सदस्य उपाध्यक्ष हुने व्यवस्था छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको