Like us!
Follow us!
Connect us!
Watch us!

शिवमले बेच्यो १३.३१ करोड बोरा सिमेन्ट, सर्वाधिक सिमेन्ट बिक्रीको दाबी

अर्थ संसार

सोमबार, ०३ बैशाख २०८१, ११ : २६ मा प्रकाशित

शिवमले बेच्यो १३.३१ करोड बोरा सिमेन्ट, सर्वाधिक सिमेन्ट बिक्रीको दाबी

शिवम् सिमेन्ट सर्वाधिक बिक्री हुने सिमेन्ट बनेको छ । कम्पनीले एक वर्षमा १३ करोड ३१ लाख बोरा ओपिसी सिमेन्ट बिक्री गरी सर्वाधिक बिक्री हुने सिमेन्ट बन्न सफल भएको कम्पनीको दाबी छ ।  

अत्याधुनिक प्रविधि र दशकौँको अनुभवका साथ आफ्नै खानीको चुन ढुंगाबाट निर्मित उच्च गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्दै उपभोक्ताको विश्वास र भरोसा जित्न सफल शिवम् सिमेन्ट सर्वसाधारणको लागि शेयर जारी गर्ने नेपालको पहिलो सिमेन्ट कम्पनी हो । 

शिवम् सिमेन्टले ४३ र ५३ ग्रेडमा ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । शिवम् सिमेन्ट एनएस क्वालिटी अवार्ड २०१९ प्रथमबाट सम्मानित नेपालकै पहिलो सिमेन्ट कम्पनी पनि हो ।

सन् २००३ मा हेटौडा मकवानपुरमा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय उच्च गुणस्तरीय चुनढुङ्गाको प्रयोग गरी दैनिक ३००० टन ओपिसि सिमेन्ट उत्पादन गर्दै आएको छ।

शिवम् सिमेन्ट ओपिसि मात्र उत्पादन गर्ने नेपालकै अग्रेणी सिमेन्ट कम्पनी हो । 

नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा  आईएसआई, यूआरएस प्रमाणित आईएसओ सर्टिफिकेट प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको जनाएको छ ।

‘भरोसा अटुट सम्बन्धको’, ‘क्वालिटीको मामिलामा नो कम्प्रमाइज’, ‘गुणस्तरको पहिचान हो शिवम्’, ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौं’ जस्ता नारासहति कम्पनीले गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्रीपछिको प्राविधिक सेवा दिँदै आएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको