Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्याली हाइड्रोपावरको अवितरित हकप्रद सेयरको आवेदन वैशाख १० मा खुल्ने, सर्वसाधारणले पनि आवेदन दिन सक्ने !

अर्थ संसार

सोमबार, ०३ बैशाख २०८१, ०८ : १७ मा प्रकाशित

अरुण भ्याली हाइड्रोपावरको अवितरित हकप्रद सेयरको आवेदन वैशाख १० मा खुल्ने, सर्वसाधारणले पनि आवेदन दिन सक्ने !

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रदमा अवितरित सेयर लिलामी मार्फत बिक्रीमा आउने भएको छ।  लिलामी वैशाख १० गते देखि खुल्ने सूचना जारी गरिएको हो। 

अरुण भ्यालीले गत फागुन १७ गतेदेखि चैत ७ गतेसम्म चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो। उक्त हकप्रदको बाँडफाँट कम्पनीले चैत २७ गते नै गरिसकेको छ। 

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो। जसमा १ करोड ६६ लाख ८७ हजार ४९२ कित्ताका लागिमात्र आवेदन परेको थियो। कम्पनीको बिक्री नभएको १९ लाख ९२ हजार १२४ कित्ता हकप्रद सेयर लिलामी मार्फत बिक्री गरिने भएको हो। यस सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। अर्थात,लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्ने हुन्छ। 

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्ने भनिएको छ। 

लगानीकर्ताले काठमाडौंको नक्सालस्थित मुक्तिनाथ क्यापिटलको कार्यालयका साथै मुक्तिनाथ विकास बैंकका शाखाहरु थिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, धरान, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरमा बोलपत्र पेस गर्न सक्नेछन्।

इच्छुकले आवेदन वैशाख २४ गतेसम्म पेस गरि सक्नु पर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको