Like us!
Follow us!
Connect us!
Watch us!

त्रिभुवन विमानस्थलको भन्सार प्रमुखमा बराल

अर्थ संसार

आइतबार, ०२ बैशाख २०८१, १७ : ५५ मा प्रकाशित

त्रिभुवन विमानस्थलको भन्सार प्रमुखमा बराल

त्रिभुवन विमानस्थलको भन्सार प्रमुखमा महेश बराल नियुक्त भएका छन् ।

झण्डै दुई महिनादेखि निमित्तको भरमै सञ्चालित विमानस्थलको भन्सार प्रमुखमा अर्थ मन्त्रालयको कर प्रणाली सुधार कार्यदलमा बराल सरुवा भएका हुन् । त्यस अघिका भन्सार प्रमुख टोकराज पाण्डे गत माघमा विमानस्थल भन्सारबाट अर्थ मन्त्रालय सरुवा भएका थिए ।

पाण्डे सरुवा भएपछि खाली भएको भन्सार सचिवमा सेवन्तक पोखरेललाई पठाए पनि उनी तीन दिन मात्र कार्यालय हाजिर भई त्यसपछि बिदामा बसेका थिए । विमानस्थल भन्सार निकै विवादास्पद थलो हुन थालेपछि सचिवहरु त्यहाँ जान हिच्किचाहट गर्न थालेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको