Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय बीमा कम्पनीको सीईओको लागि ४ जना सर्ट लिष्टमा,को को परे ?

अर्थ संसार

शुक्रबार, ३० चैत्र २०८०, १६ : ४३ मा प्रकाशित

राष्ट्रिय बीमा कम्पनीको सीईओको लागि ४ जना सर्ट लिष्टमा,को को परे ?

राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदको पदपुर्ती समितिले आवेदक मध्येबाट ४ जनालाई सर्ट लिस्ट गरेको छ । 

कम्पनीको पदपुर्ति उपसमितिको शुक्रबार बसेको बैठकले नारायणकुमार भट्टराई, डा. शिवहरी श्रेष्ठ, सुरेन्द्र थापा र सुवास कोईरलाको नाम सीईओको लागि शर्ट लिस्ट गरेको हो ।

कम्पनीले सीईओ पदपुर्तिका लागि गत माघ २४ गते दरखास्त आह्वान गरेको थियो । त्यसमा ९ जनाले आवेदन दिएका थिए । त्यसमा प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति सम्बन्धी कार्यविधि, २०८० अन्तरगत शैक्षिक योग्यता, कार्य अनुभव र व्यवसायिक कार्य योजनाको आधारमा ४ जना उम्मेदवारलाई प्रस्तुतीकरण र अन्तरवार्ताको लागि छनोट गरिएको हो  । 

कम्पनीले शुक्रबार नै शर्ट लिस्टमा परेका उमेदवारहरुको नाम सार्वजनिक गरेको छ । उक्त उपसमितिले उनीहरुलाई व्यवसायिक कार्ययोजनाको प्रतिस्तुतिकरण तथा अन्तर्वार्ताको लागि बोलाउने छन् । 

उम्मेदवारहरुको व्यवसायीक योजनाको प्रस्तुतीकरण आगामी बैशाख १२ गते बिहान ७ः३० बजेदेखि सुरु हुने प्रकाशित सुचनामा उल्लेख छ । अन्तरवार्ता भने आगामी बैशाख १३ गते बिहान ७ः३० बजेटबाट सुरु हुने कम्पनीको सुचनामा उल्लेख छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको