Like us!
Follow us!
Connect us!
Watch us!

दुई नानोमिटर चिप प्रयोग हुने पहिलो डिभाइस बन्दै आइफोन १७ प्रो

अर्थ संसार

शुक्रबार, ३० चैत्र २०८०, १० : ११ मा प्रकाशित

दुई नानोमिटर चिप प्रयोग हुने पहिलो डिभाइस बन्दै आइफोन १७ प्रो

एप्पलको आइफोन १७ प्रो दुई नानोमिटर चिप प्रयोग हुने पहिलो डिभाइस हुने भएका छन् ।

२०२४ को अन्त्यतिर सानो संख्यामा उत्पादन थाल्ने लक्ष्य लिइएको दुई नानोमिटर चिपको २०२५ मा व्यवसायिक उत्पादन थाल्ने लक्ष्य लिइएको छ । दुई नानोमिटर चिप हाल ताइवानको टिएसएमसी कम्पनीले उत्पादन गरि एप्पललाई बेच्न लागेको हो ।

एप्पलले टिएसएमसीसँग दुई नानोमिटर चिपको पुरै उत्पादन एक्लैले खरिद गर्ने गरि सम्झौता गरेको समाचारहरु यसअघि बाहिरिएका थिए । २०२५ मा एप्पलको आइफोन १७ फोनहरुमा ती चिपहरु प्रयोग गरिने जनाइएको छ । चिप उत्पादनमा अग्रणी टिएसएमसीसँगको सम्झौताले एप्पललाई ठूलो फाइदा गर्ने देखिएको छ ।

नानोमिटर भन्नाले चिपको साइज नभएर त्यसमा प्रयोग हुने ट्रान्सिस्टरको साइज हो । दुई नानोमिटर साइज भनेको मानव डिएनए भन्दा पातला ट्रान्सिस्टरहरु हुन् । चिप प्रोसेस घट्दै जाँदा मोबाइललाई अझ साना तर प्रोसेसिङ क्षमता बढाउने जस्ता फाइदा पुर्याउने गर्दछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको