Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको घटयो मुद्दती निक्षेपको ब्याजदर

अर्थ संसार

शुक्रबार, ३० चैत्र २०८०, ०८ : १९ मा प्रकाशित

एनआईसी एशिया बैंकको घटयो मुद्दती निक्षेपको ब्याजदर

एनआईसी एशिया बैंकले वैशाख महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । 

बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरलाई ८.५४८ प्रतिशतबाट  ७.७५० प्रतिशत पुराएको छ ।चैत महिनामाको तुलनामा बैंकले ९.३३ प्रतिशतले घटाएको हो । 

तेस्तै बैंकले वैशाख महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिना अवधिका लागि ७ प्रतिशत,३ महिनादेखि १२ महिनाका लागि ७.१० प्रतिशत,१२ महिनाका लागि ७.७५० प्रतिशत,१२ देखि १८ महिनासम्मका लागि ७.७५० प्रतिशत र १८ महिनादेखि १८० महिनासम्मका लागि ७.७५० प्रतिशत ब्याजदर प्रदान गर्ने भनेको छ।   

त्यस्तै बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएको छ। बैंकले वैशाख महिनाका लागि भने अधिकतम ६.७०० प्रतिशत प्रदान गर्ने भनेको छ। चैत महिनामा संस्थागत निक्षेपकर्तालाई अधिकतम ७.५४८ प्रतिशत ब्याजदर प्रदानगर्दै आएको थियो। 

बैंकले संस्थागत मुद्दती निक्षेपको ६ महिनादेखि १२ महिनासम्मका लागि ६.३५० प्रतिशत र १२  महिना वा १२ महिनादेखि १८० महिनासम्मका लागि ६.७०० प्रतिशत ब्याजदर तोकेको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको