Like us!
Follow us!
Connect us!
Watch us!

घुस लिँदै गर्दा पोखरा महानगरपलिकाकी सब इन्जिनियरसहित दुई पक्राउ

अर्थ संसार

विहीबार, २९ चैत्र २०८०, १६ : ५९ मा प्रकाशित

घुस लिँदै गर्दा पोखरा महानगरपलिकाकी सब इन्जिनियरसहित दुई पक्राउ

सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पोखरा महानगरपालिकाकी सब(इन्जिनियरसहित दुई जना पोखराबाट पक्राउ परेका छन् ।

पोखरा महानगरपालिकाको नक्शा शाखामा कार्यरत सब(इन्जिनियर उषा किरण रोकाया र गोदार कन्सल्टेन्सीमा कार्यरत सुरज कुँवरलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गण्डकी प्रदेश कार्यालय पोखराबाट खटिएको टोलीले घुस रकमसहित पक्राउ गरेको हो ।

 
उनीहरुसँग सेवाग्राहीसँगबाट लिएको १ लाख ५० हजार रुपैयाँ पनि बरामद गरिएको छ । उनीहरुले घर सम्पन्न प्रमाणपत्र दिनका लागि उक्त रकम मागेको अख्तियारले जनाएको छ ।

कुँवरलाई पोखराको महेन्द्रपुल नजिकबाट र सब(इन्जिनियर रोकायालाई पोखराको मालेपाटनबाट आख्तियारको टोलीले पक्राउ गरेको थियो ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको