Like us!
Follow us!
Connect us!
Watch us!

अहिलेको गृह प्रशासन समाचारका हेडलाइनका भरमा डराउने खालको छैन: रवि लामिछाने

अर्थ संसार

विहीबार, २९ चैत्र २०८०, १२ : २१ मा प्रकाशित

अहिलेको गृह प्रशासन समाचारका हेडलाइनका भरमा डराउने खालको छैन: रवि लामिछाने

गृहमन्त्री रवि लामिछानेले गृह प्रशासन समाचारका हेडलाइनका भरमा डराउने खालको नभएको बताएका छन् । 

मधेस प्रदेशको जनकपुर उपमहानगरमा नेपाल सरकार गृह मन्त्रालय र मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा भएको प्रदेशस्तरीय सुरक्षा बैठकमा बोल्दै लामिछानेले यस्तो बताएका हुन् । 

उनले भनेका छन् , ‘कहिले काहीँ सामाजिक सञ्जालबाट पनि आचरणका सम्बन्धमा तथ्यहीन कुराहरू ल्याइन सक्छन्, नआत्तिनु । अहिलेको गृह प्रशासन समाचारका हेडलाइनका भरमा डराउने खालको छैन । हामी फ्याक्ट कुरा गर्छौं । समाचारका लागि कहिले काहीँ संगठनबाटै सूचना चुहाउने प्रवृत्ति छ । समाचार आउला भन्ने डरले कामै नगर्ने, यो हुन सक्दैन । समाचार कसरी बन्छ भन्ने म बुझ्छु, त्यसको पछि तपाईंहरू नलाग्नुस् । समाचारले मात्रै कार्यसम्पादनमा असर गर्दैन । तर, नराम्रो नगर्नु ।’

उनले मानिस मरेर जाँदासम्म न्याय नपाएको उदाहरण छ, यो स्थितिको अन्त्य हुने गरी काम गनुपर्ने बताए । 

‘हामीभन्दा धेरै राजनीतिक अस्थिरता भएका देश पनि हामीभन्दा अघि छन् । तर, हामी किन छैनौँ ? यो सोच्नुपर्छ । हामी काहीँ न काहीँ कुनै न कुनै दबाबमा काम गरिरहेका छौँ । कानूननले तपाईँलाई दिएको अधिकार कुनै राजनीतिक नेतृत्वलाई नसुम्पिनुस् । तपाईँलाई म मेरो कार्यकालमा कुनै राजनीतिक दबाब दिने छैन । यसबारे मैले पहिले नै स्पष्ट पारिसकेको छु । यदि तपाईँलाई कुनै राजनीतिक दबाब आउँछ भने त्यो मतर्फ सारिदिनुस् । राजनीति म गर्छु तपाईँ दबाबमुक्त भएर काम गर्नुस् । मानिस मरेर जाँदासम्म न्याय नपाएको उदाहरण छ, यो स्थितिको अन्त्य हुने गरी काम गरौँ ।’ उनले भने । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको