Like us!
Follow us!
Connect us!
Watch us!

विपन्न र अनाथ बालबालिकालाई सहयोग गर्दै हिमालय एअरलाइन्सले मनायो "स्टेप टुवार्ड्स एजुकेसन" अभियान

अर्थ संसार

बुधबार, २८ चैत्र २०८०, १७ : ५० मा प्रकाशित

विपन्न र अनाथ बालबालिकालाई सहयोग गर्दै हिमालय एअरलाइन्सले मनायो "स्टेप टुवार्ड्स एजुकेसन" अभियान

हिमालय एअरलाइन्सले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वको मुख्य उद्देश्यलाई पालना गर्दै यसपटक पनि "स्टेप टुवार्ड्स एजुकेसन" अभियान अन्तर्गत प्रयास नेपाललाई आफ्नो वार्षिक योगदानलाई जारी राखेको छ । 

सन् २०१७ देखि शुरु भएको उक्त अभियान कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व प्रयासहरूको मुख्य कोसेढुङ्गा बनेको छ जसमार्फत विपन्न तथा अनाथ बालबालिकाहरूलाई शिक्षाको माध्यमबाट एयरलाइनसले सशक्तीकरण प्रदान गरिरहेको छ । यस वर्ष शैक्षिक सत्रको प्रारम्भमै आज अप्रिल १० तारिखमा एअरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतको वार्षिक गतिविधि सञ्चालन गरेको हो । 

कम्पनीको ब्रान्ड विभाग प्रमुख उज्ज्वला दलीले आज प्रयास नेपालका बालबालिकाहरूलाई विभिन्न कक्षाका लागि पाठ्यपुस्तक, नोटबुक, स्कुल झोला र स्कुल जुत्ता लगायतका आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरेकी थिइन् । वार्षिक सहायताका अतिरिक्त बालबालिकाको ज्ञान अभिवृद्धि गर्न र उड्डयन इतिहासको संक्षिप्त जानकारी गराउन एअरलाइन्सले काठमाडौँको सिनामंगलस्थित उड्डयन संग्रहालयको स्थलगत भ्रमणको आयोजना गरेको थियो । 

विपन्न तथा अनाथ बालबालिकाहरूलाई उड्डयनको संसार चिनाउने प्रत्यक्ष अवसर प्रदान गरेर उनीहरूको जिज्ञासालाई प्रज्वलित गर्ने र परम्परागत कक्षाकोठाको सिकाइभन्दा बाहिर तिनीहरूको क्षितिज फराकिलो बनाउने लक्ष्य राखेको कम्पनीको भनाई छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका गतिविधिको परोपकारी उद्देश्यलाई साथ दिँदै उड्डयन संग्रहालयले पनि बालबालिकाहरूका लागि निःशुल्क प्रवेशसँगै भ्रमणका दौरान उत्कृष्ट मार्गदर्शनको व्यवस्थासहित सहयोग गरेको थियो ।

सो अवसरमा ब्रान्ड विभाग प्रमुख दलीले यस पहलको लागि आफ्नो उत्साह व्यक्त गर्दै भनिन्, “हिमालय एअरलाइन्समा हामी भविष्यका नेतृत्वकर्ताहरू निर्माण गर्न तथा बालबालिकाहरूको सिक्ने जोशलाई बढावा दिन, प्रयोगात्मक शिक्षाको परिवर्तनकारी शक्तिमा विश्वास गर्छौँ । हामी विपन्न बालबालिकाका लागि अवसरहरू सिर्जना गर्न प्रतिबद्ध छौं र हाम्रो "स्टेप टुवार्ड्स एजुकेसन" अभियानको उद्देश्य आवश्यक शैक्षिक सामग्रीहरू उपलब्ध गराउनु मात्र होइन, ज्ञान आदानप्रदानका विशिष्ट अनुभवहरू मार्फत बालबालिकाहरूलाई प्रेरित र सशक्तीकरण गर्ने पनि हो । “

उक्त अवसरमा प्रयास नेपालका अध्यक्ष मणि जोशीले एयरलाइन्सको सहयोग प्रशंसनीय रहेको उल्लेख गर्दै भने, “हाम्रो उद्देश्यमा निरन्तर सहयोगको लागि हामी हिमालय एअरलाइन्स् प्रति हार्दिक आभारी छौं, उड्डयन संग्रहालयको भ्रमणले, निःसन्देह उनीहरूको मस्तिष्कमा दिगो छाप छोडेको छ । यस किसिमका पहलहरूले उनीहरूको शैक्षिक वृद्धिमा योगदान मात्र नगरी नयाँ नयाँ सम्भावनाहरूको ढोका समेत खोलेको छ ।"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको