Like us!
Follow us!
Connect us!
Watch us!

कोरियाली भाषा परीक्षाको नतिजा सार्वजनिक, उतीर्ण प्रतिशत १५.६ प्रतिशत मात्रै

अर्थ संसार

बुधबार, २८ चैत्र २०८०, १५ : ४७ मा प्रकाशित

कोरियाली भाषा परीक्षाको नतिजा सार्वजनिक, उतीर्ण प्रतिशत १५.६ प्रतिशत मात्रै

उत्पादनतर्फ पहिलो चरणको कोरियाली भाषा परीक्षामा न्यून संख्यामा परीक्षार्थी उतीर्ण भएका छन् ।

मङ्गलबार सार्वजनिक नतिजा अनुसार कुल ४० हजार ५ सय ८० परीक्षार्थीमध्ये ६ हजार ३ सय २१ जना मात्रै उत्तीर्ण भएका छन् । यो कुल परीक्षार्थीको केवल १५.६ मात्रै हो । पहिलो चरणको भाषा परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरूको अब सीप परीक्षण पनि हुनेछ । भाषा परीक्षा फागुन ७ गतेदेखि शुरु भएको थियो ।

इपिएस शाखाका अनुसार सीप परीक्षण अब वैशाख ९ देखि १५ गतेसम्म हुनेछ । यसैगरी उत्पादन क्षेत्रतर्फकै दोस्रो चरणको भाषा परीक्षा पनि वैशाखबाट नै शुरु हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको