Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबार ईदको अवसरमा सार्वजनिक बिदा, सेयरबजार बन्द रहने

अर्थ संसार

बुधबार, २८ चैत्र २०८०, १४ : ३९ मा प्रकाशित

बिहीबार ईदको अवसरमा सार्वजनिक बिदा, सेयरबजार बन्द रहने

इस्लाम धर्मावलम्बीहरुको महान चाड ईद उल फित्रका अवसरमा सरकारले भोलि बिहीबार सार्वजनिक बिदाको घोषणा गरेको छ ।

गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार चैत २९ गते ईद परेका हुनाले उक्त अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ । सार्वजनिक बिदा घोषणा भएसँगै भोलि नेपाल स्टक एक्सचेञ्ज नेप्से पनि बिदा हुने भएको छ ।

यससँगै यो साता तीन दिन मात्रै सेयर कारोबार हुने भएको छ । सोमबार घोडेजात्राको अवसरमा पनि सेयर कारोबार रोकिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको