Like us!
Follow us!
Connect us!
Watch us!

टिकटक बन्द हुँदा एनसेललाई मात्रै साढे १ अर्ब घाटा

अर्थ संसार

बुधबार, २८ चैत्र २०८०, १४ : ०९ मा प्रकाशित

टिकटक बन्द हुँदा एनसेललाई मात्रै साढे १ अर्ब घाटा

नेपालमा टिकटक प्रतिबन्ध हुँदा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई साढे एक अर्ब रुपैयाँ घटेको बताइएको छ छ । मंगलबार प्रविधि पत्रकार मञ्चले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै एनसेलका प्रमुख सूचना अधिकृत (सीआईओ) विशाल उपाध्यायले यस्तो बताएका हुन् ।

उनका अनुसार टिकटक प्रतिबन्धको असर स्वरूप एनसेलले एक वर्षमा मात्रै १ अर्ब ४४ करोड रुपैयाँ बाराबरको आम्दानी गुमाएको छ । विशेष गरेर एनसेलको मोबाइल डेटा तर्फको आम्दानीमा ठूलो धक्का लागेको बताइएको छ । 

प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा कार्यपत्र प्रस्तुतीकरण गर्दै एनसेलका लिगल तथा रेगुलेटरी अफिसर विशाल उपाध्यायले भने ‘टिकटक बन्दकै कारण एनसेलको मात्रै १ अर्ब ४४ करोड रुपैयाँ आम्दानी घटेको छ ।’

उनका अनुसार सोही अनुपातमा नेपाल टेलिकमले पनि टिकटकबाट आउने डेढ अर्ब रुपैयाँ आम्दानी गुमाएको छ ।

‘टिकटक नेपालमा सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल एप हुनुका साथै यसले देशको कूल इन्टरनेट ब्यान्डविथ मध्ये ३० देखि ३५ प्रतिशत खपत गर्दै आएको थियो । एनसेलको वित्तीय विवरण अनुसार कम्पनीले २०२२ मा ३७ अर्ब ८८ करोड ३३ लाख ८० हजार रुपैयाँ आम्दानी गरेको थियो । सन् २०२३ को तेस्रो त्रैमासिक अवधिमा एनसेलको कूल आम्दानीमध्ये ३५ प्रतिशत आम्दानी डेटातर्फ रहेको थियो ।   यस हिसाबले टिकटक प्रतिबन्ध नहुँदाको अवस्थामा २०२३ मा एनसेलको आम्दानी सो वर्षकै समान हुने अनुमान गर्दा त्यसको ३५ प्रतिशत अर्थात् १३ अर्ब २५ करोड ९१ लाख ८३ हजार रुपैयाँ डेटा बिक्रीबाट आउनेवाला थियो । तर टिकटक प्रतिबन्ध जारी रहँदाको अवस्थामा कम्पनीले साढे एक अर्ब रुपैयाँ गुमाएको हो ।’ 

गत २७ कात्तिकको मन्त्रिपरिषद्‌ बैठकले सामाजिक सद्‍भाव र सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै नेपालमा टिकटकमाथि रोक लगाउने निर्णय गरेको थियो, जुन अझै कायमै छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको