Like us!
Follow us!
Connect us!
Watch us!

सलाम नगरेको आरोपमा अर्थमन्त्री पुनका चालकले कुटे प्रहरी जवान

अर्थ संसार

मंगलबार, २७ चैत्र २०८०, १७ : ४४ मा प्रकाशित

सलाम नगरेको आरोपमा अर्थमन्त्री पुनका  चालकले कुटे प्रहरी जवान

सिंहदरबारमा आफूलाई सलाम नगरेको भन्दै वरिष्ठ हवल्दारले जवानलाई कुटेका छन्का छन् । अर्थमन्त्री वर्षमान पुनका चालक वरिष्ठ हवल्दार उज्वल भण्डारीले जवान सुन्दर सिंहलाई दुर्व्यवहार तथा कुटपिट गरेका हुन्।

मंगलबार बिहान करिब १० बजेतिर चालकसमेत रहेका वरिष्ठ हवल्दार भण्डारीले प्रहरी जवान सिंहलाई अर्थमन्त्रालय परिसरमै दुर्व्यवहार गरेको अर्थमन्त्री पुनको सुरक्षार्थ खटिएका अर्का एक वरिष्ठ हवल्दारले बताएका छन्। 

दुर्व्यवहारमा पर्ने जवान सिंहदरबार सुरक्षा गणमा कार्यरत छन् । उनी गणका प्रमुख एसपी सन्तोष तामाङका व्यक्तिगत सुरक्षा अधिकृत हुन् । 

दुई दर्जन माओवादी कार्यकर्ताकै अघिल्तिर वरिष्ठ हवल्दार भण्डारीले सिंहलाई थर्काउँदै कुटेपछि माहौल एकछिन तनावग्रस्त बनेको थियो। 

प्रहरी प्रधान कार्यालयस्थित सुरक्षा सेवा निर्देशनालयबाट खटिएका वरिष्ठ हवल्दारविरुद्ध जवानले प्रतिवेदन दिँदै छन् । प्रतिवेदनको आधारमा उनलाई विभागीय कारबाहीका लागि लेखेर पठाइने भएको छ  । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको