Like us!
Follow us!
Connect us!
Watch us!

साझाले बनायो १.१ मेगावाट बिजुली खपत गर्ने चार्जिङ डिपो,४० विद्युतीय बस सञ्चालनमा

अर्थ संसार

मंगलबार, २७ चैत्र २०८०, १४ : ०० मा प्रकाशित

साझाले बनायो १.१ मेगावाट बिजुली खपत गर्ने चार्जिङ डिपो,४० विद्युतीय बस सञ्चालनमा

साझा यातायात सहकारी संस्था लिमिटेडले ४० वटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ । मंगलबार उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री रघुभिर महासेठले डिपोटको उद्घाटन गरेका हुन् । 

चीनबाट आयात गरिएका ९ मिटर लामा ४० वटा बस चार्जिङ स्टेसनको अभावमा सञ्चालनमा आउन सकेका थिएनन् । यसका लागि आवश्यक १ .१ मेगावाट क्षमताको चार्जिङ डिपोट पनि साझाले निर्माण गरेको छ ।

साझा यातायातले नेपालमै पहिलो पटक १ .१ मेगावाट क्षमताको चार्जिङग डिपोट निर्माण गरेको हो । त्यसमा २४ वटा समानान्तर चार्जिङ पोइन्ट रहेको छ ।

अहिले सञ्चालनमा आउने बसमा २६ सिट रहेको र ४५ मिनेटमा बस  फुल चार्ज हुने जनाइएको छ । एक पटक फुल चार्ज गरेपछि २०० किलोमिटरसम्म गुड्न चल्न सक्ने साझाले जनाएको छ ।

साझाले २०७९ असोज २२ गते चीनको सिएचटिसी किनविङ अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० वटा बस खरिदका लागि सम्झौता गरेको थियो ।सो सम्झौतामा कम्पनीसँग बस र आवश्यक चार्जर खरिद गर्ने र पाँच वर्षसम्म मर्मत गर्ने उल्लेख छ । 

बसभित्र होचो (लो फ्लोर) रहेकाले अपाङ्गता भएका व्यक्ति उक्लिन र ओर्लन सजिलो हुन्छ । बसभित्र ह्विलचेयर राख्नका लागि पनि स्थान रहेको छ । मोबाइल चार्ज गर्ने ठाउँ, गन्तव्यका बारेमा जानकारी र अरु सूचना देखिने गरी बोर्डको व्यवस्था गरिएको छ । अरु बसभन्दा यी बस यात्रुका लागि बढी आरामदायी रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको