Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पर्यटन बोर्डले माग्यो सिईओका लागि आवेदन

अर्थ संसार

शनिबार, २४ चैत्र २०८०, १३ : ३८ मा प्रकाशित

नेपाल पर्यटन बोर्डले माग्यो सिईओका लागि आवेदन

नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत (सिईओ) का लागि आवेदन माग गरेको छ ।

बोर्डको सिईओ छनोट उपसमितिले शनिबार एक सूचना प्रकाशित गर्दै आगामी १२ दिन भित्र योग्यता पुगेका नेपाली नागरिकमार्फत आवेदन माग गरेको हो । सिइओ बन्नका लागि न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर, उमेर ३५ वर्ष देखि ६० वर्षसम्मको, पर्यटन क्षेत्रमा १० वर्ष कार्यानुभव भएको लगायत योग्यता माग गरिएको छ ।

आवेदकले पाँच हजार शब्द नबढाई बोर्डका लागि चार वर्षे व्यवसायिक योजना पनि पेश गर्नुपर्नेछ । बोर्डको सिइओको कार्यकाल चार वर्षको रहेको छ । यस अघिका सिइओ धनन्जय रेग्मीको कार्यकाल सकिएपछि बोर्ड नेतृत्वविहीन अवस्थामा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको