Like us!
Follow us!
Connect us!
Watch us!

सामसङको सञ्चालन मुनाफा ९०० प्रतिशत भन्दा बढीले बढ्ने

अर्थ संसार

शुक्रबार, २३ चैत्र २०८०, १४ : ०२ मा प्रकाशित

सामसङको सञ्चालन मुनाफा ९०० प्रतिशत भन्दा बढीले बढ्ने

२०२४ को पहिलो त्रैमासमा सामसङ इलेक्ट्रोनिक्सले आफ्नो सञ्चालन मुनाफा ९०० प्रतिशत भन्दा बढीले बढ्ने प्रक्षेपण गरेको छ ।

कोभिड पछि घटेको चिपको मूल्यमा सुधार र आर्टिफिसिलयल इन्टेलिजेन्स सम्बन्धित सामाग्रीको मागमा उच्च वृद्धि आउँदा कम्पनीको सञ्चालन मुनाफा अघिल्लो वर्ष यसै अवधिसम्मको मुनाफा भन्दा ९३१ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ । सामसङ विश्वकै सबैभन्दा ठूलो मेमोरी चिप, टेलिभिजन तथा स्मार्टफोन निर्माता कम्पनी हो । कम्पनीले आगामी अप्रिल ३० मा विस्तृत पहिलो त्रैमासिक रिपोर्ट सार्वजनिक गर्नेछ ।

कम्पनीले जनवरी-मार्च त्रैमासम्म ६.६ ट्रीलियन वन अर्थात ४.९ बिलियन अमेरिकी डलर सञ्चालन मुनाफा गर्ने प्रक्षेपण गरेको हो । विश्लेषकहरुले प्रक्षेपण गरेको ६.६ ट्रीलियन वनको सञ्चालन मुनाफाभन्दा कम्पनीको रिपोर्ट निकै नै धेरै राम्रो आउन लागेको हो । यो वर्षको बाकिँ समयमा पनि सेमिकन्डक्टर तथा मेमोरी चिपको मूल्य उच्च नै रहने हुँदा कम्पनीको मुनाफा उच्च नै रहने जनाइएको छ ।

अप्रिल ३ मा ताइवानमा गएको प्रलयकारी भूकम्प विश्वका मूख्य चिपमेकर कम्पनीहरुको सञ्चालनमा प्रभाव पार्दा त्यसको समेत फाइदा सामसङलाई नै पुग्ने देखिन्छ । कम्पनीको फ्लागसिप मोबाइल एस २४ को बिक्रीबाट समेत सामसङको आम्दानीलाई थप सहायता पुग्ने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको