Like us!
Follow us!
Connect us!
Watch us!

...अनि मात्र बढ्छ बजार ! (भिडियो)

अर्थ संसार

विहीबार, २२ चैत्र २०८०, ०७ : १० मा प्रकाशित

बजारमा पैसा लगाउने सबैको एउटै समान लक्ष्य हुन्छ। लगाएको लगानीको पैसाबाट अर्को पैसा बनाउने। 

पैसाबाट पैसा त बनाएका नै छन्, त्यस पैसालाई थप लगानी गर्दै साम्राज्य खडा गरेका छन्। धेरै जनालाई रोजगारीको अवसर दिलाएका छन्। राज्यलाई कर तिरेका छन।  

यो बाहेक सेयर बजारमा सक्रिय रुपमा लागेका छन।  पुंजीबजारको मुद्दा र लगानीकर्ताको हकहितको लागि जहिले पनि अग्र स्थानमा रहेन एक लगानीकर्ता हुन्  तुलसी राम ढकाल। 

ढकाल हाल नेपाल इन्भेस्टर फोरमका अध्यक्ष हुन। उनी लामो समय देखि सेयर बजारमा सक्रिय रुपमा कारोबार गर्दै आइरहेका लगानीकर्ता हुन् । बजारमा केहिहद सम्म अनुशासनहिनता बढेको कुरामा सहमत हुँदै उनले सेयर बजार भनेको बिश्वासले चल्ने बजार रहेको बताउने गरेका छन। 

नेपालको पुँजी बजारको विकासका लागी गर्नुपर्ने योगदानमा नियमक निकाय चुकेको उनको आरोप छ । अहिलेको बजार बढ्न तयार अवस्थामा रहेको तर सरकारले नीति गत सुधार तत्काल गर्नुपर्ने उनको विचार छ । 

उनले अहिलेको बजार केबल दुई हजार इन्डेक्स छ भनेर खुसी हुन पर्ने अवस्था नरहेको जिकिरगर्छन।  लगानीकर्ताले आफ्नो सम्पत्ति राखेर ऋण लिन नपाउने भए पुंजी बजार कसरी बढ्ने प्रश्न उनी गर्छन। 

बैंकमा पैसा छ, ब्याज सस्तो छ  तर क्याप लागेको अवस्थाका कारण पनि कुनै व्यक्ति र संस्थाले चाहे जसरी ऋण लिन अवस्था नरहेको कारण पनि पुंजीबजारमा सोचे जसरी लगानी नआएको उनको भनाई छ। 

'जब सम्म प्रोफेसनल व्यक्तिलाई पुंजीबजारलाई भित्राइदैन तबसम्म पुंजीबजार बढ्ने कुरै छैन, जति सुकै ब्याजमा ऋण पाएपनि जे परेपनि, तेसैले लोनको क्याप खुल्नै पर्छ ' उनले कार्यक्रममा बोलेका छन्। 

ढकालले अर्थसंसारको कार्यक्रम यात्रा सफलतामा आफ्ना बजारको यात्रामा आएका उतार चडाव पोखेका छन्। यात्रा सफलताका लागि अर्थसंसार डटकमका प्रस्तोता आदित्य शिवाकोटी संगले गरेको  कुराकानीमा ढकालले दर्जनभन्दा बढी प्रश्नको सामना गरेका छन् ।

उनै ढकालसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरेका छौं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको