Like us!
Follow us!
Connect us!
Watch us!

प्रस्तावित महालेखा परीक्षकविरुद्ध १० दिनभित्र उजुरी दिन सकिने

अर्थ संसार

सोमबार, १९ चैत्र २०८०, ११ : ४३ मा प्रकाशित

प्रस्तावित महालेखा परीक्षकविरुद्ध १० दिनभित्र उजुरी दिन सकिने

प्रस्तावित महालेखा परीक्षक तोयम रायाविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान गरिएको छ ।

सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले महालेखा परीक्षकमा प्रस्ताव गरिएका तोयम रायाविरुद्ध उजुरी आह्वान गरेको हो । अबको १० दिनभित्र जो सुकै नेपाली नागरिक प्रस्तावित महालेखा परीक्षकविरुद्ध उजुरी दिन सक्नेछन् ।

आइतबार महालेखा परीक्षकमा प्रस्ताव गरिएका रायाको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको हो । संसदीय सुनुवाइ समितिबाट पास भएपछि उम्मेदवारलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको