Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधिसभाको बैठक बस्दै, विद्युुतीय व्यापार विधेयक प्रस्तुत हुने

अर्थ संसार

सोमबार, १९ चैत्र २०८०, ०८ : २७ मा प्रकाशित

प्रतिनिधिसभाको बैठक बस्दै, विद्युुतीय व्यापार विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक सोमबार बिहान ११ बजेदेखि बस्ने जनाइएको छ ।

आज बस्ने बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विद्युुतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यो बाहेक सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको