Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफ क्यापिटलको लगानी व्यवस्थापन कार्यक्रम सम्पन्न

अर्थ संसार

आइतबार, १८ चैत्र २०८०, १७ : २९ मा प्रकाशित

नेपाल लाइफ क्यापिटलको लगानी व्यवस्थापन कार्यक्रम सम्पन्न

नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च देखि २४ मार्च सम्म विश्वभर चल्ने ‘ग्लोबल मनी वीक’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।

धितोपत्र बजार, लगानी र जोखिम न्यूनीकरण विषयमा कम्पनीले विभिन्न ५ स्थानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ५ चैतमा नेपालगञ्ज, ६ चैतमा कोहलपुर, ७ चैतमा धनगढी, ८ चैतमा महेन्द्रनगर बजार र कञ्चन क्याम्पस गरी उपत्यका बाहिरका ५ स्थानमा कार्यक्रम सञ्चालन गरिएको हो ।

सेयर बजार, जोखिम र यसको प्रतिफलको प्रभावबारे सर्वसाधारणलाई साक्षर गराउनु कार्यक्रमको मुख्य लक्ष्य रहेको थियो ।

कार्यक्रमबाट ५०० जना सहभागीहरु लाभान्वित भएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको