Like us!
Follow us!
Connect us!
Watch us!

विद्यालयका शिक्षक हुँदै नेप्सेको सिइओ सम्मको साउदको यात्रा (भिडियो)

अर्थ संसार

शनिबार, १७ चैत्र २०८०, ०१ : १९ मा प्रकाशित

विकट ठाउँमा जन्मेर शिक्षण पेशा हुँदै पुंजी बजारको अभिन्न अंग नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कार्यक्रारी प्रमुख पदमा पुग्नु चानहुने विषय होइन। अझ सरकारी निकाय, अनेकै नियम तिनका कानून र बाधा अड्चनहरूको पालना गर्दै कार्यको डेलिभरी गर्नु सजिलो काम पक्कै होइन। 

एक दशक अगाडी देखि नेपालको पुंजीबजारमा सहभागी रहेका लगानीकर्ताले अझ उनको कामको अनुभव गरेर नै  उनको कामको तारिफ गर्ने  गर्छन। उनीहरुले देख्ने गरि अनुभव गर्ने गरि नै नेप्सेको स्तरोन्नति  भएको छ। अनलाइन सेयर खरीद र बिक्रीको सुरुवात उनकै पालामा भयो।

सुदुरपश्चिमको बैतडीको पुछारमा जन्मेका साउद व्यापारको सपना देख्ने गर्थे। बाल्यकालमा आफ्नो पसलको व्यापारमा देखिएको नाफाले भविष्यमा व्यापार नै सपना थियो। तर जब काठमाडौँ आए र जागिर सुरु गरे उनको सपना त्यहिँ तुहियो। २०४४ सालमा काठमाडौँ आएका साउदले झन्डै ५-६ वर्ष स्कुलमा पढाए। तेस्तै उनले धेरै विधार्थीलाई ट्युसन पनि पढाए। 

२०५१ साल पछि जब उनले डिग्री सम्पन्न गरे उनको यात्रा मोडियो र उनी बिमा कम्पनीको मार्केटिङ अफिसरको रुपमा जागिरे भए। उनी राष्ट्रिय बिमा कम्पनीको एजेन्ट पनि थिए जसको राम्रो प्रदर्शनका कारण उनलाई काठमाडौँको बिमा कम्पनीमा जागिर खान सहयोग नै गर्यो। 

बिमा संस्थामा मार्केटिङ्ग गर्दा देखि नै प्राथमिक बजारमा सेयर खुल्यो कि लामो लाइन मै बसेर भए पनि उनी आवेदन दिने गर्थे। उनले काठमाडौँ आएपछि पनि पढाउने पेशा भने छाडेनन। समयको व्यस्थापन गर्दै उनी कलेजमा पढाउने, बिमाको एजेन्ट र जागिरे हुदैं पुंजीबजारमा लगानी पनि गर्ने गरेका थिए। 

त्यसबेला नै सबै तिरबाट थोरै थोरै भएपनि उनको कमाई भने राम्रो थियो। खर्च धेरै नहुने भएपछि उनले बचेका पैसा लगानी नै गर्ने गरेका थिए। 

झन्डै ७ वर्ष कलेजमा पढाएपछि साउद र उनका साथी मिलेर ब्रिलियन्ट कलेज सुरुवात गरे। हाल उनी त्यस संस्थाको अध्यक्ष रहेका छन्। 

उनले बिमा कम्पनीमा जागिर जारि नै राखे र २०६० को दशकमा राम्रो पदोन्नति गर्दै उपमहाप्रबन्धक सम्म २० वर्षको यात्रामा पुगे।त्यसपछि त्यसै संस्थाको सिईओ पदमा अवसर हुँदा उनले आफ्नो जागिरबाट राजिनामा दिएर उक्त पदमा आवेदन नै दिए र प्रमुख कार्यकारीमा नियुक्त पनि भए। त्यो संस्था थियो नेपाल इन्स्योरेन्स। 

प्रमुख कार्यकारी अधिकृतको कार्यकाल सकिएको झन्डै एक वर्ष पछ्यात लगानी कम्पनी सुरु गर्दै गर्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यक्रारी अधिकृतको आवेदन माग भयो। त्यसमा उनको ध्यान गयो र उनले त्यहाँ आवेदन दिए। उनको पुंजीबजारको विचार र योजना देखेर उनलाई नेप्सेको सिईओ नियुक्त गरियो। 

नेप्सेको प्रमुख पदका उतार चडाव र त्यहाँका अनुभव अर्थसंसारको कार्यक्रम यात्रा सफलतामा पोखेका छन्। यात्रा सफलताका लागि अर्थसंसार डटकमका प्रस्तोता आदित्य शिवाकोटी संगले गरेको  कुराकानीमा साउदले दर्जनभन्दा बढी प्रश्नको सामना गरेका छन् ।

उनै साउदसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरेका छौं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको