Like us!
Follow us!
Connect us!
Watch us!

सर्वोत्तम सिमेन्टको आइपिओ बाँडफाँड, आवेदक सबैले पाए सेयर

अर्थ संसार

बुधबार, ०२ फागुन २०८०, १३ : १२ मा प्रकाशित

सर्वोत्तम सिमेन्टको आइपिओ बाँडफाँड, आवेदक सबैले पाए सेयर

सर्वोत्तम सिमेन्टले योजना र खानी प्रभावित स्थानीयलाई निष्काशन गरेको आइपिओ बाँडफाँड गरेको छ ।

आइपिओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र सह बिक्री प्रबन्धक  एनआइएमबि एस क्यापिटल र प्रभु क्यापिटलले आज शेयर बाँडफाँड गरेका हुन् । कम्पनीले स्थानीयका लागि ९ लाख ३० हजार कित्ता सेयर छुट्ट्याएको थियो । पुस २५ देखि माघ २५ सम्म खुलाइएको आवेदनमा १२ सय २४ जनाले आवेदन दिएका थिए । कुल २ लाख ४८ हजार ४ सय ७० कित्ता सेयरका लागि आवेदन परेकोमा रीतपूर्वक आवेदन दिने सबै आवेदकले मागे जति नै सेयर पाएका छन् । आइपिओमा कम्तिमा ५० कित्ताका लागि आवेदन दिनुपर्ने थियो ।

अब स्थानीयलाई नबिकेको बाकिँ सेयर समेत थपेर सर्वसाधारणका लागि यसै हप्ता आवेदन खुला गरिने जनाइएको छ । कम्पनीले यस अघि वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आइपीओ बाँडफाँड गरिसकेको छ । त्यसैगरी योग्य संस्थागत लगानीकर्तालाई कटअफ प्राइस ४०१ रुपैयाँमा सेयर बाँडफाँड गरिएको थियो । संस्थागत लगानीकर्तालाई बिक्री गरेको कट अफ मूल्यमा १० प्रतिशत छुट दिई सर्वसाधारणलाई धितोपत्र निष्काशन गर्नुपर्ने हुँदा प्रतिकित्ता सेयरको मूल्य ३ सय ६० रूपैयाँ ९० पैसा कायम भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको