Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा डिबेञ्चर के हो ?

शुक्रबार, ०१ मंसिर २०७४, ०८ : ४५ मा प्रकाशित

सेयर बजारमा  डिबेञ्चर के हो  ?

अर्थ संसार, काठमाडौं–तोकिएको दर र समयमा साँवा तथा व्याज भुक्तानी गर्ने शर्तमा संगठित संस्थाले जारी गरेको ऋणपत्रलाई डिबेञ्चर भनिन्छ ।

यसको अंकित मूल्य साधारतया एक हजार रुपैयाँ हुन्छ । डिबेञ्चरवालाहरुले आफूले गरेको लगानी रकममा तोकिएको दरमा वार्षिक वा अर्धवार्षिक रुपमा ब्याज प्राप्त गर्छन् ।

तोकिएको दर र समयमा साँवा तथा व्याज भुक्तानी गर्ने शर्तमा केन्द्रीय वा स्थानीय सरकारले जारी गरेको ऋणपत्रलाई (बन्ड) भनिन्छ । बन्ड वा डिबेञ्चरवालाहरुलाई कम्पनीको वार्षिक साधारणसभामा सहभागी हुने अवसर र मतदान गर्ने अधिकार हुंदैन ।

कम जोखिम लिन चाहने लगानीकर्ताहरुको रोजाइमा ऋणपत्र पर्छन । धितो जमानी भएको र नभएको, विमोच्य र अविमोच्य, परिवर्तनीय र अपरिवर्तनीय गरी ऋणपत्रलाई विभाजन गर्न सकिन्छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको