Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाईफ इन्स्योरेन्सको नाफामा छलाङ्ग

विहीबार, ३० कार्तिक २०७४, ११ : १० मा प्रकाशित

नेपाल लाईफ इन्स्योरेन्सको नाफामा छलाङ्ग


अर्थ संसार, काठमाडौं–  नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नाफामा छलाङ्ग मारेको छ ।

कम्पनीले पहिलो त्रैमासमा १७ करोड ७४ लाख मुनाफा कमाउन सफल भएको छ । सोही अवधिमा गत वर्ष ५ करोड ८९ लाख मुफाल कमाएको थियो । यो नाफाको अन्तरलाई हेर्दा कम्पनीले दिनप्रति नाफामा छलाङ्ग मार्दे आएका देखिन्छ ।

कम्पनीको  जगेडा कोषमा ४ अर्ब ८६ करोड रुपैयाँ राखेको छ भने जीवन बीमा कोष समेत ३४ अर्ब २८ करोडबाट बढाएर ४३ अर्ब ३६ करोड पुर्याएको छ ।  महाविपत्तीकोषमा १५ करोड ६७ लाखबाट बढाएर २६ करोड ५४ लाख रुपैयाँ पुर्याएको छ ।

 कम्पनीले यो अवधिमा ३ अर्ब ८० करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने हालसम्म ५६ अर्ब १७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

सार्वजानिक वित्तीय विवरण अनुसार कम्पनीको प्रति सेयर  आम्दानी २२ रुपैया ९२ पैसा, प्रतिशेयर नेटवर्थ २६५ रुपैयाँ ७२ पैसा र प्रतिसेयर  कुल सम्पतिको मूल्य १ हजार ६ सय ६६ रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको