Like us!
Follow us!
Connect us!
Watch us!

बजार लगातार ओरालो : सेयरको बाढी उस्तै

सोमबार, २७ कार्तिक २०७४, ०५ : ०० मा प्रकाशित

बजार लगातार ओरालो :  सेयरको बाढी उस्तै

अर्थ संसार,काठमाडौँ - बजारमा एक पछि अर्को गर्दै साधारण सेयर र हकप्रद सेयरको बाढी लागेको छ ।

तर सेयर बजार पछिल्लो तिन सातामा मात्रै करिब १३० बिन्दुले घटीरहेको छ ।सेयर बजार लगातार घटीरहेको बेला बजारमा विभिन्न तीन कम्पनीका रु २ अर्ब ३३ करोड ६ लाख बराबरको हकप्रद सेयर आउने भएको छ ।


 नेपाल धितोपत्र बोर्डले एकैदिन तीन कम्पनीलाई सो मात्राको हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो ।

बोर्डको अनुमति सँगै सेन्ट्रल फाइनान्स, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र साङ्ग्रिला डेभलपमेन्ट बैंकले कुल २ करोड ३३ लाख कित्ता सेयर निष्कासन गर्नका लागि अनुमति दिएको हो ।

सबैभन्दा बढी सेन्ट्रल फाइनान्सले रु  २ अर्ब ७ करोड ४० लाख बराबरको हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । बैंकले बिक्री प्रवन्धक एनआईबिएल क्यापिटल मार्केट मार्फत २ करोड ७ लाख कित्ता सेयर जारी गर्न अनुमति पाएको हो ।

त्यस्तै, प्रडेन्सियल इन्स्योरेन्सले रु १०० अंकित दरका १२ लाख ८३ हजार कित्ता सेयर निष्कासन गर्न बोर्डको अनुमति पाएको छ । बोर्डले कम्पनीलाई रु १२ करोड ८३ लाख बराबरको सेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल मार्फत बिक्री गर्न अनुमति दिएको हो ।

त्यसैगरी, साङ्ग्रिला डेभलपमेन्ट बैंकले पनि ३० प्रतिशत हकप्रद जारी गर्न बोर्डको अनुमति पाएको छ । यस बैंकले १०० अंकित दरका १२ लाख ८३ हजार कित्ता सेयर १२ करोड ८३ लाख रुपैयाँमा बिक्री गर्ने भएको छ । बैंकलाई सो मात्राको सेयर बिक्री प्रबन्धक प्रभु क्यापिटल मार्फत निश्कासन गर्न बोर्डले अनुमति दिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको