Like us!
Follow us!
Connect us!
Watch us!

राजस्व संकलन २९ प्रतिशतले वृद्धि

मंगलबार, ११ असोज २०७३, १५ : ०४ मा प्रकाशित

राजस्व संकलन २९ प्रतिशतले वृद्धि

अर्थ संसार
काठमाडौं । आर्थिक वर्ष २०७३/०७४ भदौ मसान्तसम्मको राजस्व संकलनमा गत वर्षको सोही अवधिको तुलनामा २९ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७३/०७४ भदौ महिनासम्मको राजस्व संकलनको लक्ष्य रु. २८ अर्व ७५ करोड ६६ लाख ३७ हजार रहेकोमा रु. २८ अर्व ९३ करोड ६ लाख ६५ हजार संकलन भई लक्ष्यको तुलनामा १०१ प्रतिशतको प्रगति भएको छ ।

शिर्षकगत रूपमा हेर्दा आयकर तर्फ रु. १२ अर्व २१ करोड ९७ लाख ८६ हजार, मूल्य अभिवृद्धि कर रु. १० अर्व ४५ करोड २ लाख ३५ हजार र अन्तःशुल्क तर्फ रु. ५ अर्व ९१ करोड ६५ लाख ८८ हजार संकलन भएको छ । सो रकम लक्ष्यको तुलनामा आयकर तर्फ १०३ प्रतिशत, मूल्यअभिवृद्धि कर तर्फ ९८ प्रतिशत र अन्तशुल्क तर्फ १०१ प्रतिशत हो ।

त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः रु. १३ करोड ८३ लाख ७१ हजार र रु. २० करोड ५६ लाख ८५ हजार संकलन भएको छ । शिक्षा सेवा शुल्क तर्फ लक्ष्यको तुलनामा १०२ प्रतिशत र स्वास्थ्यसेवा कर तर्फ लक्ष्यको तुलनामा ७९ प्रतिशत संकलन भएको छ ।

गत वर्षको तुलनामा आयकर वृद्धिदर १३६ प्रतिशत, मूल्य अभिवृद्धि कर वृद्धिदर ११४ प्रतिशत, अन्तशुल्कको वृद्धिदर १४९ प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर १२३ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर १३७ प्रतिशत रहेको छ ।

९ असोज, ०७३

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको