Like us!
Follow us!
Connect us!
Watch us!

सामूहिक लगानी कोषको धितोपत्रमा लगानी ४% थपियो

मंगलबार, २१ कार्तिक २०७४, ०८ : २७ मा प्रकाशित

सामूहिक लगानी कोषको धितोपत्रमा लगानी ४% थपियो

अर्थ संसार, काठमाडौं – साना लगानीकर्ताका लागि सबैभन्दा उपयुक्त लगानीका रूपमा लिने गरिएको सामूहिक लगानी कोषहरूको धितोपत्रमा लगानी र ९ अर्ब २३ करोड ८० लाख ५७ हजार छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ११ कम्पनीले सार्वजनिक गरेको खुद सम्पत्ति मूल्यसम्बन्धी वित्तीय विवरणअनुसार भदौ महीनाको तुलनामा असोज मसान्तमा लगानी ३ दशमलव ५७ प्रतिशत बढेको पाइएको हो ।

भदौ महीनामा यी योजनाको धितोपत्रमा  ८ अर्ब ९१ करोड ९६ लाख ४१ हजार लगानी थियो ।

यस्ता योजनाले धितोपत्र तथा अन्य वित्तीय उपकरणमा लगानी गर्छन् । यिनै लगानीबाट प्राप्त प्रतिफल नै यी योजनाको मुख्य स्रोतको रूपमा रहेको हुन्छ । यस्ता योजनाले विभिन्न वर्गमा कम्पनी विभाजन गरेर शेयर लगानी गर्ने हुनाले जोखीमको तुलनामा प्रतिफल उच्च रहन्छ ।

लगानीबापत दिने आकर्षक प्रतिफलले गर्दा पनि लगानीकर्ताको ध्यान यस्ता योजनामा बढी गएको पाइन्छ ।  यसमा गरिएको लगानीबाट प्राप्त लाभांशमा करसमेत छूट हुने भएकाले पनि यसमा सर्वसाधारणको आकर्षण बढी भएको हो । यद्यपि, यस्ता योजनामा गरिएको लगानी पूर्णरूपमा जोखीममुक्त भने हुँदैन ।

असोज महीनामा योजनाले सार्वजनिक गरेका खुद सम्पत्ति मूल्यसम्बन्धी अपरिष्कृत वित्तीय विवरणअनुसार सबैभन्दा बढी सिद्धार्थ लगानी वृद्धि योजनाले बढाएको छ । यस योजनाले भदौ महीनाको तुलनामा ११ दशमलव १८ प्रतिशत लगानीमा वृद्धि गरेको हो ।

असोज मसान्तमा यस योजनाले ५७ सूचीकृत कम्पनीमा रू। ६८ करोड ९१ लाख १८ हजार, बैङ्क मुद्दती निक्षेपमा  ३५ करोड ५० लाख र सार्वजनिक निष्कासनमा १ करोड ५६ लाख ९३ हजार लगानी गरेको छ ।

असोज महीनामा सबैभन्दा कम धितोपत्र लगानीमा वृद्धि सिद्धार्थ इक्विटी ओरियण्टेड स्कीम र एनएमबी हाइब्रीड फण्ड एल–१ ले गरेको देखिन्छ । यस समयमा सिद्धार्थले १ दशमलव ३५ प्रतिशत र एनएमबीले १ दशमलव ४१ प्रतिशत वृद्धि गरेका हुन् ।

एनएमबी सुलभ इन्भेष्टमेण्ट, नबिल ब्यालेन्ष्ड फण्ड–१ र नबिल इक्विटी फण्डको भने भदौ महीनाको तुलनामा असोजमा धितोपत्र लगानी घटेको देखिन्छ ।

नबिल ब्यालेन्ष्ड फण्डको १ दशमलव ३४ प्रतिशत, नबिल इक्विटी फण्डको शून्य दशमलव शून्य ५ प्रतिशत र एनएमबी सुलभ इन्भेष्टमेण्टको लगानीमा शून्य दशमलव २१ प्रतिशत कमी देखिएको हो । कारोबारबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको