Like us!
Follow us!
Connect us!
Watch us!

को–को छन् प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नयाँ सञ्चालक समितिमा?

अर्थ संसार

बुधबार, २० असार २०८०, १६ : ३५ मा प्रकाशित

को–को छन् प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नयाँ सञ्चालक समितिमा?

एकीकृत कारोबारको तयारीमा रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सहमतिअनुसार सञ्चालक समिति गठन गरेको छ। सात सदस्यीय सञ्चालक समितिमा प्रभु लाइफको संस्थापक समूहबाट शिक्षा भट्टचन र मिजास भट्टचन तथा महालक्ष्मी लाइफका तर्फबाट उमेशलाल श्रेष्ठ र सुरेश सापकोटा मनोनित भएका छन्। सर्वसाधारण समूहबाट भने दिपक पाण्डे र शंकर गौतम मनोनित भएका छन्।

२०७९ असार ३० गते भएको मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता तथा २०८० जेठ ३ गते भएको अन्तिम सम्झौतामा सात सदस्यीय सञ्चालक समिति गठन गर्ने सहमति भएको थियो। स्वतन्त्र सञ्चालकको मनोनयन एकीकृत कारोबारपछिको सञ्चालक समितिले नियुक्त गर्ने सहमति भएको छ।

सञ्चालक समितिको अध्यक्षको हकमा एकीकृत कारोबारपछि बस्ने बैठकले मनोनयन गर्ने र प्रभु लाइफका तर्फबाट मनोनित सञ्चालक अध्यक्ष बन्ने लिखित सहमति भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको