Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु महालक्ष्मीको नेपालगंज, बर्दिवास, बुटवल र बाग्लुङमा अभिकर्ता मिलन समारोह

अर्थ संसार

विहीबार, ०४ साउन २०८०, १६ : ४५ मा प्रकाशित

प्रभु महालक्ष्मीको नेपालगंज, बर्दिवास, बुटवल र बाग्लुङमा अभिकर्ता मिलन समारोह

अषाढ २९ गते एकिकृत कारोबार सम्पन्न गरेको प्रभु महालक्ष्मी लाइफ इन्योरेन्सले देशका बिभिन्न थप शहरहरुमा अभिकर्ता मिलन कार्यक्रम सम्पन्न गरेको छ । श्रावण ३ गते एकै दिन नेपालगंज, बर्दिवास ९महोत्तरी०, बुटवल र बाग्लुङमा कार्यक्रम संचालन भएको हो ।

मर्जर पछि व्यवसायको मूख्य अंग भएका अभिकर्ता फोर्सलाई एकिकृत गर्ने उद्देश्यले मर्जर लगतै देशैभरी अभिकर्ताहरुलाई खटाइएको थियो । साबिक प्रभु लाइफ र महालक्ष्मी लाइफका अभिकर्ताहरुलाई मर्जर पछिको कम्पनीको अवस्था, एजेन्सी सिस्टम, इन्सेन्टिभ र प्रचलनमा ल्याइने पोलिसीहरु बारेमा प्रशिक्षण दिइएको थियो । प्रशिक्षण पछि दुवै कम्पनीका अभिकर्ताहरु सँग छलफल तथा अन्तरक्रिया समेत गरियो ।

प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम अन्तर्गत नेपालगंजमा किशोरा प्रसाद लामिछाने र रामेश्वर श्रेष्ठ, बुटवलमा प्रशान्त राज धमला र योगेन्द्र प्रसाद खतिवडा, बर्दिवासमा प्रयास श्रेष्ठ र सिताराम धिमाल तथा बाग्लुङमा कमल पन्थी र प्रभात श्रेष्ठले प्रशिक्षण दिनु भयो । उक्त सबै कार्यक्रममा १०० देखि २०० अभिकर्ताको सहभागिता थियो ।

कम्पनीले प्रशिक्षणलाई निरन्तरता दिने क्रममा आज ४ गते पोखरा र इटहरीमा तथा श्रावण ७ गते शनिवार काठमाडौंमा अभिकर्ता मिलन तथा प्रशिक्षण कार्यक्रम संचालन हुने जानकारी गराएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको