Like us!
Follow us!
Connect us!
Watch us!

एनआरएन अध्यक्षमा भवन भट्ट विजयी

मंगलबार, ३१ असोज २०७४, १० : ४९ मा प्रकाशित

एनआरएन अध्यक्षमा भवन भट्ट विजयी

अर्थ संसार, काठमाडौं–  गैरआवासीय नेपाली संघको अध्यक्षमा निवर्तमान उपाध्यक्ष भवन भट्ट विजयी बिजयी भएका छन् ।

सोमबार सम्पन्न निर्वाचनबाट भट्ट निर्वाचित भएका हुन् । उनले अध्यक्षकी प्रत्यासी जमुना गुरुङलाई पराजित गरे ।

को को विजय भए त ?

यसैगरी उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा सपिला राजभण्डारी, महासचिवमा बद्री केसी, कोषाध्यक्षमा हिक्मत थापा र सहकोषाध्यक्षमा सोम सापकोटा विजयी भएका छन् ।

सचिवमा डीवी क्षेत्री र जानकी गुरुङ चुनिएका छन् ।महिला संयोजकमा रजनि प्रधान र युवा संयोजकमा सुदन थापा विजयी भएका छन् ।

शनिबार काठमाडौंबा सुरु भएको एनआरएनए सम्मेलनमा अमेरिका क्षेत्रीय संयोजकमा गौरी जोशी, एशिया प्रशान्त क्षेत्रीय संयोजकमा किरणविक्रम थापा र युरोप क्षेत्रीय संयोजकमा शिव बरुवाल विजयी भएका छन् । निर्वाचनमा अधिकांश पद भट्ट प्यानलबाट उम्मेदवार बनेकाहरुले जितेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको