Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार फेरी आरोलो यात्रामा, ४ अंकले घटेको बजारमा ४६ करोडको कारोबार

सोमबार, ०२ असोज २०७४, १५ : ११ मा प्रकाशित

सेयर बजार फेरी आरोलो यात्रामा, ४ अंकले घटेको बजारमा ४६ करोडको कारोबार

अर्थ संसार, काठमाडौं–  धितोपत्र बाजरको दोस्रो दिन आज सेयर बजार सामान्य अंकले घटेको छ । नेप्से ४.२४ अंकले घट्दा ४६ करोड ९३ लाख ७४ हजार ९ सय ४६ रुपैयाँको कारोबार भएको छ ।

जम्मा १ सय ६१ वटा कम्पनीको १० लाख ३५ हजार ७ सय ९ कित्ता सेयर खरिदबिक्री भएको छ ।  मान्य अंकले घटेको बजारमा हाइड्रोपावर १४.८९ अंक, उत्पादन २.३३ अंक र टेड्रिङ २०.७ अंकले बढेको छ ।

यता बैंक २.५२ अंक, होटल २०.०५ अंक, फाइनान्स ५.८६ अंक, इन्स्योरेन्स ७९.६ अंक र अन्य १.७३ अंकले घटेको छ ।

साताको पहिला दिन (हिजो) आईतबार १८ अंकले बढेको सेयर आज फेरी घटेपछि लगानीकर्तामा निराशा छाएको छ । ४.२४ अंकले घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

59bf956f1117d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको