Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्याली हाइड्रो पावर कम्पनीले छान्यो नयाँ सञ्चालक, कार्यकारी अध्यक्षमा रमेशप्रसाद न्यौपाने

शुक्रबार, ३० भदौ २०७४, १५ : ४३ मा प्रकाशित

अरुण भ्याली हाइड्रो पावर कम्पनीले छान्यो नयाँ सञ्चालक, कार्यकारी अध्यक्षमा रमेशप्रसाद न्यौपाने

अर्थ संसार,काठमाडौँ- अरुणभ्याली हाईड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २० औं साधारण सभा सम्पन्न भएको छ । 

कम्पनीका अध्यक्ष गुुरुप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न वार्षिक साधारण सभाले आफ्ना शेयरधनीहरुलाई १० प्रतिशतका दरले लाभाशं वितरण गर्ने निर्णय गरेको छ ।

कम्पनीको सञ्चालनको लागि नयाँ सञ्चालक समिति चयनगर्ने काम सर्वसम्मतीले सम्पन्न भएको छ । कम्पनीका नयाँ सञ्चालकहरुमा जीवनराज शाक्य, रमेश प्रसाद न्यौपाने, पूूजा दाहाल न्यौपाने, विवेक तातेड र मिलन खड्का गरि पाँचजना सञ्चालकहरु निर्वाचित हुुनुुभएको छ ।

सञ्चालक समितिको पहिलो बैठकले रमेशप्रसाद न्यौपानेलाई कम्पनीको कार्यकारी अध्यक्ष पदमा निर्वाचित गरेको छ ।

२० वर्ष लामो जलविद्युतको विकासमा यात्रा गरेको यस कम्पनीले जलविद्युत विकासमा निरन्तरता दिने प्रण समेत गरेको छ ।

कम्पनीको आगामी कार्यक्रमहरुमा यो कम्पनीमा अर्को अन्य जलविद्युत कम्पनीहरुलाई प्राप्ति गर्ने नयाँ आयोजनाहरु निर्माण गर्नका लागि एफपिओ जारी गरेर शेयर पूूँजी संकलन गर्ने उद्देश्यका साथ काम गरिरहेको छ ।

कम्पनीले मेची अञ्चल पाँचथर जिल्ला याङवरक गाउँपालिका निर्माण भैरहेको काबेली बी-१ जलविद्युत आयोजनाको टेलरेसको पानी उपयोग गरि ९.९४ मेगावाट क्षमताको एक पिआरओआर प्रकारको जलविद्युत आयोजना निर्माणका लागि सम्पूूर्ण अध्ययन पूूरा गरि विद्युुत खरिद विक्री सम्झौताका लागि नेपाल विद्युत प्राधिकरणमा आवेदन दिएको छ ।

 नयाँ आयोजनाहरु तर्फ पाँचथर जिल्लाको काबेली खोलाबाट अपर काबेली ९.९६ मेगावाट र सोलुुखुुम्बुु जिल्लाको बुुदुुम खोलाबाट ११.८ मेगावाट क्षमताका दुुई आयोजनाहरुको विस्तृत सम्भाव्यता अध्ययनको कार्य अगाडी बढाई रहेको छ ।

अरुण भ्याली हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले विभिन्न जलविद्युत कम्पनीहरु र बैंकको शेयरमा लगानी गरि आय आर्जन गरिरहेको छ ।

यसमा रिडी हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड, रैराङ्ग हाईड्रोपावर कम्पनी लिमिटेड, अपी पावर कम्पनी लिमिटेड र जनता बैंक नेपाल लिमिटेड अदि प्रमुुख छन् ।

यो लगानीको विविधिकरणको कार्यान्वयनबाट कम्पनीले आफ्ना शेयरधनीहरुलाई वार्षिक रुपमा उच्च दरले लाभाशं उपलब्ध गराउने र कम्पनीको आकारमा समेत बृद्घि हुुने हँुुदा कम्पनीको भविस्य उज्वल रहेको कम्पनीका शेयरधनीहरुलाई कम्पनीको व्यवस्थापनका तर्फबाट जानकारी गराएको थियो ।

नेपालका जलविद्युत कम्पनीहरु मध्य हरेक वर्ष पहिलो वार्षिक साधारण सभा गर्ने र कम्पनीको हिसाब किताव सर्वसाधारणका लागि सार्वजनिक गर्ने यो नेपालको पहिलो सूूचिकृत कम्पनी हो ।

कम्पनीले इञ्जिनियर अध्ययनरत विद्यार्थीहरुलाई अभ्यास अध्ययन र अध्ययन पश्चात नोकरीका अवसरहरु प्रदान गरिरहेको छ ।  

नयाँ सञ्चालक समितिको स्वागत

अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आज सम्पन्न २० औं साधारणसभाले अध्यक्षसहित चार जनालाई विदाई गरेको छ ।

नयाँ सञ्चालक समिति चय भएपछि कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपाने, सञ्चालक बच्छराज तातेड, सञ्जिव न्यौपाने र भोजराज तिमिल्सिनालाई विदाई गरेको छ ।

कम्पनीको नयाँ सञ्चालक समितिमा  जीवनराज शाक्य, रमेशप्रसाद न्यौपाने, पूूजा दाहाल न्यौपाने, विवेक तातेड र मिलन खड्का गरि पाँचजना सञ्चालकहरु निर्वाचित भएपछि निवर्तमान सञ्चालकलाई विदाई गरेको हो ।

नयाँ निर्वाचित सञ्चालक समितिले निर्वतमान सञ्चालकलाई सयपत्रीको माला लगाएर विदाई गर्नुभभएको थियो ।

त्यसअघि नव निर्वाचित सञ्चालकलाई निर्वतमान सञ्चालकहरुले खादा पहि¥याएर स्वागत गर्नुभएको थियो ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको