Like us!
Follow us!
Connect us!
Watch us!

दुर्गा प्रसाईँले छाडे एमाले, आजै राजीनामा बुझाउने

अर्थ संसार

आइतबार, ०७ फागुन २०७९, १७ : ३७ मा प्रकाशित

दुर्गा प्रसाईँले छाडे एमाले, आजै राजीनामा बुझाउने

नेकपा (एमाले) का केन्द्रीय सदस्य रहेका दुर्गा प्रसाईँले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । प्रसाईँले पूर्वराजपरिवारको उपस्थितिमा उनले पार्टीको सिद्धान्त र नीति विपरीत काम गरेको भन्दै कारबाहीका लागि सिफारिस गरिएको थियो ।

केन्द्रको निर्णय नआउँदै उनी आफैंले पार्टी परित्यागको घोषणा गरेका हुन् । प्रसाईँ आजै काठमाडौं आएर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा बुझाउने बताइएको छ ।

मेडिकल व्यवसायीसमेत रहेका प्रसाईँले गत फागुन १ मा पूर्वराजा ज्ञानेन्द्र शाहसहितका राजपरिवारको सहभागितामा झापाबाट ‘नागरिक बचाउ महाअभियान’ सुरुवात गरेसँगै उनी विवादमा तानिएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको