Like us!
Follow us!
Connect us!
Watch us!

दोस्रो बजारबाट कसरी सेयर खरिदबिक्री गर्ने ?

मंगलबार, १३ भदौ २०७४, ०८ : ०८ मा प्रकाशित

दोस्रो बजारबाट कसरी सेयर खरिदबिक्री गर्ने ?

अधिकांश शिक्षित नेपाली  शहरीया जनतालाई त सेयर बजारको बारेमा ज्ञान छैन भने अशिक्षित र गाउँले जनताको त कुरै छाडौं ।

न्यून प्रतिशत नेपाली जनताहरुलाई मात्र प्राथमिक सेयरको बारेमा ज्ञान त छ । तर, दोस्रो बजारको बारेमा अधिकांश नेपाली जनतालाई ज्ञान छैन मलाई धेरै जना मित्रहरू, साथिभाईहरु, आफन्तहरु र क्याम्पस तहमा अध्ययन गर्ने विद्यार्थी भाइ बहिनीहरुले सेयरमा लगानी गर्ने मन छ। तर, सेयरको दोस्रो बजारबारेमा ज्ञान छैन भन्नू हुन्छ ।

सेयरको दोस्रो बजार भनेको के हो ? यो बजारमा सेयर कसरी खरिदबिक्री गरिन्छ ? सेयर को सग खरिद गर्ने हो ?   कहाँ गएर खरिद गर्ने हो ? खरिद गरेपछि पैसा कसरी भुक्तानी गर्ने हो ?  सेयर बिक्री गरेपछि कसरी पैसा लिने हो ? आदि–आदि प्रश्नहरु सोधपुछ गर्नु हुन्छ  ।

आज म सेयर शिक्षामा तपाईहरुको जिज्ञासा मेटाउन दोस्रो बजार बाट सेयर खरिद बिक्री कसरी गर्ने भन्ने बारेमा जानकारी गराउँछु ?

कुनै पनि  Public कम्पनीले पुँजी संकलन गर्नको लागि प्राथमिक बजारमा IPO जारी गरेको २०/२५ दिन पछि लगानी कर्ताहरुलाई सेयर बाँडफाँड गरिन्छ सेयर बाँडफाँड गरेको ४/५ दिन पछि प्राथमिक बजारमा जारी गरेको सेयरलाई नेप्सेमा सुचिकृत गरिन्छ ।

प्राथमिकत सेयरलाई नेप्सेमा सुचिकृत गरेपछि सेयर खरिदबिक्री गर्ने स्थानलाई दोस्रो बजार भन्निछ । तेहि स्थान वा ब्रोकर कम्पनीबाट उक्त कम्पनीको सेयर खरिदबिक्री गर्न सकिन्छ ।दोस्रो बजारबाट सेयर खरिदबिक्री गर्दा निम्न चरण पूरा गर्नु पर्छ ।

पहिलो चरण :  जसरी अहिले प्राथमिक बजारबाट (IPO) सेयर किन्न सेयरको विवरण राख्ने खाता (DMAT)  अनिवार्य चाहिन्छ त्यसैगरि दोस्रो बजारबाट सेयर खरिद गर्न पनि DMAT खाताको आवश्कता पर्दछ ।

DMAT खाता भनेको सेयरको विवरण राख्ने खाता हो । जसरी बैंकमा पैसा जम्मा गर्न बैंक खाताको आवश्कता पर्दछ  त्यसैगरि सेयर खरिद पछि सेयरको विवरण राख्न DMAT खाताको आवश्कता पर्दाछ ।

तपाईहरुले अहिलेसम्म पनि DMAT खाता खोल्नु भएको छैन भने सर्वप्रथम आफुलाई पायक पर्ने ठाउँ को कुनै पनि बाणिज्य बैंक तथा ब्रोकर कम्पनीको साखमा गएर DMAT खाता खोल्नुहोस । DMAT खाता खोल्नलाई एउटा फोटो, नागरिकताको प्रतिलिपी र १५० रुपैयाँको आवश्कता पर्दछ ।
DMATखाता दुईवाट भन्दा बढी खोल्नु हुदैन ।

दोस्रो चरणमा : दोस्रो बजारबाट सेयर खरिदबिक्री गर्न ग्राहक परिचय विवरण खाता (KYC) जुन जहाँबाट तपाईहरु लाई सेयर खरिद बिक्री गर्न सजिलो हुन्छ तेहि स्थानको ब्रोकर कम्पनीमा गएर KYC खाता खोल्नु पर्दछ यसको लागि पनि एउटा फोटो र नागरिकताको प्रतिलिपी चाहिन्छ ।

 दोस्रो बजारबाट सेयर खरिदबिक्री गर्नको लागि यो KYC जसलाई त् Trading Account पनि भनिन्छ यो खाता खोले पछि मात्र तपाईहरुले दोस्रो बजारबाट सेयर खरिदबिक्री गर्न सक्नुहुनेछ  । दोस्रो बजारबाट सेयर खरिदबिक्री गर्न हामीलाई ब्रोकर कम्पनीको आवश्यकता पर्दछ । नेपालमा अहिले ५० वटा ब्रोकर कम्पनी छ्न ।

ती ब्रोकर कम्पनीका शखाहरु नेपालका प्रमुख  शहरहरुमा पनि छ्न । तपाईहरुलाई जहाँ पायक पर्छ तेहिको राम्रो ब्रोकर कम्पनीबाट सेयर खरिदबिक्री गर्न सक्नुहुन्छ ब्रोकर कम्पनी  छनौट गर्दा राम्रो अहिलेसम्म कुनै कार्वाहीमा नपरेको ब्रोकर कम्पनी छान्नुहोला । KYC खाता दुई भन्दा बढी ब्रोकर कम्पनीमा पनि खोल्न सक्नुहुन्छ तर एउटै ब्रोकर कम्पनीबाट सेयर कारोवार गर्दा राम्रो हुन्छ ।

तेस्रो चरणमा : अब तपाईले कुन कम्पनीको कति कित्ता सेयर खरिद गर्ने हो ? तेहि ब्रोकर कम्पनी लाई खरिद आदेश दिन सक्नुहुन्छ । अंकित मुल्य १०० भएका सेयर कम्तीमा १० कित्तको लागि आदेश दिनु पर्छ  आदेश दिने समय आईतवार देखि बिहीवार बिहान ११ बजे देखि दिउसो ३ बजे भित्र हो ।

सेयर खरिदबिक्री गर्दा एउटा फारम भरेर पेस गर्नु पर्दछ  । पहिलो चोटि सेयर किन्दा ब्रोकर कम्पनीलाई आफुले खरिद गर्ने सेयर रकमको केही प्रतिशत रकम  Advance दिनु पर्छ  भने  दुई चार पटक कारोवार गरेपछि ब्रोकर कम्पनीसग राम्रो चिनजान भएपछि Advance दिनु पनि पर्दैन र तपाईंहरुले फोन बाटै सेयर खरिदबिक्रीको आदेश  दिन सक्नुहुन्छ ।

सेयर किनेको तीन/चार दिन भित्रमा सेयरको पैसा चेक मार्फत ब्रोकर कम्पनीलाई भुक्तानी गर्नु पर्दछ । त्यसैगरि सेयर बिक्री गरेको तीन/चार दिन पछि गएर बिक्री गरेको रकमको चेक ब्रोकर कम्पनीबाट लिनु पर्दछ । ब्रोकर कम्पनीले तपाईको सेयर खरिद बिक्री गरिदिए बापत निश्चित प्रतिशत कमिसन लिन्छ ।

ब्रोकर कम्पनी भनेको सेयर खरिदकर्ता र बिक्रेताको बीचमा बसेर काम गर्ने आधिकारिक मान्यताप्राप्त दलाल कम्पनी हो ।

चौथो चरणमा :  कुनै पनि कम्पनीको सेयर खरिद गर्दा हल्लाको भरमा सेयर खरिद नगरी  कम्पनीको वित्तीय विवरणको अध्यन गरेर राम्रो कम्पनीको मात्र सेयर खरिद गर्नुहोला । वित्तीय विवरण सम्बन्धित कम्पनीको website , धितोपत्र तथा नेप्सेको website , विभिन्न पत्र/पत्रीका र कम्पनीको Annual Report बाट अध्यन गर्न सक्नु हुन्छ ।

बैंकमा पैसा बचत गरेर राख्नु भन्दा पनि  राम्रो कम्पनीको सेयरमा लगानी गर्नु भयो भने राम्रो प्रतिफल पाउनुहुनेछ । यसरी दोस्रो बजारबाट तपाईहरुले सेयर खरिदबिक्री गर्न सक्नु हुनेछ ।

यो लेख दोस्रो बजार को ज्ञान नभएका हरुलाई  ज्यादै उपयोगी हुनेछ भन्ने आसा गर्दछु । जय ! सेयर बजार ।।।।।

यो पनि पढ्नेहोस्

सेयर बजारमा ‘आँप र साग’ को तुलना

सेयर बजारमा बिमारी घोडा र स्वास्थ्य घोडा विचको तुलना 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको