Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा ‘आँप र साग’ को तुलना

शनिबार, ०३ भदौ २०७४, ०९ : ४८ मा प्रकाशित

सेयर बजारमा  ‘आँप र साग’ को तुलना

अहिले नेपालको सेयर बजारमा कारोबारीहरु बढी हाभी हुँदा सेयर बजारमा जुन अस्थिरता देखिएको छ यो अबस्थामा यो लेख सान्दर्भिक होला कि ?

आँप र साग दुबै कृषि उत्पादन हुन । यहाँ हामी ब्यक्तिगत उपभोगका लागी गरिने खेतिभन्दा पनि  ब्यावसायिक उत्पादनको कुरा गरिरहेका छौ । आँप खेती पनि व्यावसायिक हो, सागखेती पनि व्यावसायिक हो तर यी दुई उत्पादनको व्यावसायिकतामा भारी भिन्नता छ ।

हाम्रो चाहना र आवश्यकता एउटै छ काम गरौं । कम मेहनत गरौ । पैसा आईरहोस। अनि हामी दुनियाँ घुमौ । मस्ती गरौं ।

आँप एकपटक रोपिन्छ र लामो समय कम मेहनतमा आम्दानी दिइरहन्छ । बाजेले लगाएको आँपको रुखबाट नातिपनाति सम्मलाई आम्दानी दिइरहन्छ सक्छ ।कम फल्नु, रोग लाग्नु, मुल्य कम हुनु आदि व्यावसायका जोखिम हुन ।

तर पनि  मेहनतको हिसाबले सागमा भन्दा आँपमा कम मेहनत छ । काम गर्न नसकेको दिनमा पनि आँप बाट आम्दानी लिन सकिन्छ तर साग उत्पादन लागि  बारम्बार जमिन खनिरहनुपर्छ ।

महिनैपिच्छे काम गर्नु पर्छ। पाखुरा नचलेको दिन साग  फल्दैन । पैसा आउदैन । साग छिटोछिटो आम्दानी हुने व्यावसाय हो तर काम गरेमात्र पाइन्छ । तर आँप दीर्घकालीन लगानी हो ।

सेयरमा गरिने लगानी पनि अल्पकालीन र दीर्घकालीन हुन्छ । अल्पकालीन लगानी गर्नेलाई कारोवारी वा ट्रेडर भनिन्छ । दीर्घकालीन लगानी गर्नेलाई क्ष्लखभकतभच भनिन्छ ।

दीर्घकालीन लगानी गर्नुको उदेश्य किन्नु र राख्नु हो र कम्पनीबाट आम्दानी लिइरहनु पनि हो । संसारमा कारोवारीले भन्दा दीर्घकालीन लगानी गर्नेले बढी पैसा कमाएका छ्न, सम्पत्ति बनाएका छ्न । जस्तै बिनोद चौधरीले नबिल बैंकबाट एकै बर्षमा अर्बौं आम्दानी लिन्छ्न  तर कम्पनीको सहि छ्नोट पहिलो सर्त हुन्छ ।

तर जसले कम्पनीको सेयर किनबेच गरिरहे तिनले कहिले पनि लगानीकर्ताका जति पैसा कामाउन सकेन र त्यो सम्भव पनि छैन । कारोवारीहरुले साग खेती गर्दा जस्तै बढि मेहनत पनि गर्नु पर्छ र तनाव पनि झेल्नुपर्ने हुन्छ फलस्वरूप कारोबारीहरु पेसरका रोगी पनि भए । 

त्यसैले हामी पनि साग खेतीमा भन्दा आँपको खेतिमा जोड दिउ। साग खेतीले बुढेसकालमा परनिर्भर बनाउँछ । हातपात नचल्दा पनि आम्दानी लिन सकिने अथवा आत्मनिर्भर हुन सकिने खेतिमा लगानी गरौं। बुढेसकालमा पालिन छोराछोरीको आस नगरौं । ‘‘सेयरबाट करोडपती ’’ । । ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको