Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा बिमारी घोडा र स्वास्थ्य घोडा विचको तुलना

मंगलबार, ०६ भदौ २०७४, २१ : ४० मा प्रकाशित

सेयर बजारमा बिमारी घोडा र स्वास्थ्य घोडा विचको तुलना

आज म तपाईहरु समक्ष सेयर लगानी कर्ताहरुले पढनै पर्ने एउटा कथा राख्न गैइरहेको छु,  ध्यान दिएर पढनु होला ।

कथाले भन्छु,  घोडा दौडमा भाग लिने दुईवटा घोडा थिए तिमध्ये एउटाको नाउँ  स्वास्थ र अर्कोको नाउँ बिरामी थियो रे । स्वास्थ घोडाले सधैंभरी जित्थ्यो र बिरामीले चाहिँ ठिकैको दौड बनाएर रेसमा टिकिरहेको थियो ।

एक पटकको कुरा हो दुवै घोडालाई ज्वरोले समात्यो, स्वस्थ घोडालाई जोर आउने बित्तिकै उसको मूल्य घट्यो । मानिसहरू अत्तालिएर उसमाथि गरेको लगानी निकाल्न थाले तर दौड सुरु भएपछि ज्वरोले समात्दा पनि स्वास्थले ने घोडादौड जित्यो, किनभने उ बिरामीको तुलनामा केही स्वस्थ  नै  थियो ।

यो कथाको आसय भनेको स्वास्थ घोडालाई ज्वरोले थला पारे पनि बिरामी घोडा भन्दा यो नै चाँडो उठने सम्भावना हुन्छ । अनि उठेपछि उसले गज्जबको दौडमा भाग लिएर सबैलाई चकित पार्ने परिणाम देखाउछ । उता बिरामी घोडा पनि ज्वरोबाट निको भएर दौडमा त निस्कन्छ तर स्वस्थ्य भन्दा राम्रो परिमाण निकाल्न सक्दैन ।

ठिक यस्तै हामी लगानीकर्ताहरु पनि आफूले सेयर किनेको कम्पनी जति सुकै राम्रो भए पनि जब समग्र बजार घट्न थाल्छ अनि हामी अत्तालिएर राम्रो कम्पनीको सेयर पनि घाटा खाएर बेच्न दौडछौ ।

यहाँ  प्रतिसेयर आम्दानी उच्च,  मूल्य आम्दानी अनुपात निम्न, जगेडा कोष उच्च, नाफा प्रतिशत उच्च,  सम्पत्तिमा प्रतिफल उच्च, इक्विटिमा उच्च प्रतिफल, बजार मूल्य र किताब मूल्य अनुपात कम, निष्क्रिय कर्जा अनुपात ५ प्रतिशत भन्दा कम, आर्थिक सशासन भएका आदि कम्पनी स्वास्थ कम्पनीमा पर्दछ्न ।

सेयर किन्दा यस्ता कम्पनी छान्नु पर्छ । स्वस्थ र राम्रो कम्पनीको सेयरको मूल्य अहिले समग्र सेयर बजार  घट्दा घटेपनि जब बजार बढन सुरु गर्छ स्वस्थ्य घोडा दौडे जसरी नि राम्रो कम्पनिको सेयर बढने छ तेहि भएर सेयर किन्दा राम्रो र स्वस्थ कम्पनी छनौट गर्नुहोस ।

यस्ता कम्पनीले तपाईंलाई राम्रै प्रतिफल दिनेछ्न यदि तपाईहरुले स्वास्थ र राम्रो कम्पनीको सेयरमा लगानी गर्नु भएको छ भने के कुरा मा ढुक्क हुनुहोस भने तपाईले गरेको लगानी ३६ महिना भित्रमा  दोब्बर हुनेछ ।

यो कथा र लेख साना र नयाँ लगानी कर्ताहरुप्रती समर्पित छ । ‘कथाको स्रोत वारेनबफेटको जीवनी’

यो पनि पढ्नुहोस

सेयर बजारमा ‘आँप र साग’ को तुलना 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको